आर्यनको एक्शन सहित आयो ‘नाईके’ ट्रेलर (भिडियो)



aaryan

अपिल त्रिपाठी, पोखरा ।
चलचित्र ‘नाइके’ युनिटले मंगलवार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर र चार गित सार्वजनिक गरेको छ । मंसिर १९ मा देशभर रिलीज हुने चलचित्र मा रोहन नेपालीले कोरियोग्राफी गरेका चार गित सहित ट्रेलर सार्वजनिक गरीएको हो । पोखराबाट निर्माण गरीएको फिल्मको ट्रेलरमा नायक आर्यन सिग्देललाई केही फरक अवतारमा देख्न सकिन्छ । कार्यक्रममा उपस्थीत संचारकर्मीले फिल्मको ट्रेलर र गीत राम्रो लागेको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै निर्देशक नेत्र गुरुङले ‘नाइके’ पूर्ण मनोरञ्जक चलचित्र भएको बताए । व्यावसायिक चलचित्र बनाएको बताउदै उनले हाल चलनचल्तीका फिल्म भन्दा नाइके भिन्न भएको दावी गरे ।

फिल्ममा आर्यन सँगै रेम बि.क., बोधराज रेग्मी, सुरबिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ । पत्रकार सम्मेलनमा नायक आर्यन सिग्देल र नायिका सुरबिना कार्की भने अनुपस्थित थिए । ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा बनेको ‘नाईके’का कार्यकारी निर्माता विष्णु हमालले फिल्मलाई उत्कृष्ट बनाउनका लागि खर्चमा कुनै कन्जुस्याई नगरेको बताए ।

‘हामीले दिल खोलेर लगानी गरेका छौँ ।’ उनले भने-‘त्यसको प्रतिफल चलचित्र पनि निकै उत्कृष्ट बनेको छ ।’ फिल्ममा ७० लाख रुपैँया लगानी भएको उनले जानकारी दिए । चलचित्रमा हमालसँगै जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत लगानी रहेको छ । योगेश काजी बिसी, ताराप्रकाश लिम्बु र रमण गायकको संगित रहेको फिल्म अर्जुन तिवारीले खिचेका हुन ।

सम्पूर्ण छायांकन पोखरामा भएको चलचित्रमा सानुकुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

हेर्नुहोस् ट्रेलरः

हेर्नुहोस् गीत

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu