डबिङ सकिने बेलामा अकेशाको ‘रक्स’



akesha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक सय भन्दा बढि म्युजिक भिडियो निर्देशन गरेका सफल म्युजिक भिडियो निर्देशक निकेश खड्काद्धारा निर्देशित पहिलो चलचित्र ‘जिन्दगी रक्स’ डबिङको अन्तिम चरणमा पुगेको छ । वानेश्वरको रियल टाइम स्टुडियोमा डबिङका कामहरु धमाधम भइरहेको र केही दिन भित्रैमा सम्पन्न हुने चलचित्र युनिटले जनाएको छ । विशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो युवा अवस्थामा देखाउने व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकारका मार्फत प्रस्तुत गर्न खोजेको बताईएको छ ।

‘जिन्दगी रक्स’लाई वास्तविक रक्स बनाउन मिडियामा देखिइराखेका कलाकारहरुले सहज बनाएका छन् । कान्तिपुर टेलिभीजनबाट प्रसारण हुँदै आएको कार्यक्रम कल कान्तिपुरकी प्रस्तोता अकेशा विष्ट यस चलचित्र मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन् । उनले जिन्दगी रक्स भन्दा अगाडी नाम चलेका निर्देशक र ठुला ब्यानरबाट प्रस्ताब आउँदा समेत नखेलेर यो चलचित्र मार्फत पहिलो पटक सिने नगरीमा डेब्यु गरेकी छिन् ।

यो चलचित्रमा अभिनय गर्नुको कारणमा उनले यसको स्क्रीप्ट र निर्देशकीय पाटो मजबुत भएको बताइन् । अकेशाले यो चलचित्र मार्फत आफुले आगामी दिनमा कलाकारीता पेशालाई समेत निरन्तरता दिन सक्ने जनाएकी छिन् । जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, ऋचा शर्मा र पाका कलाकार तथा द्वन्द्व निर्देश राजेन्द्र खड्की चलचित्रमा अभिनय गरेका छन् ।

विशेषगरी, काठमाडौँ, पोखरा र चितवनका रमणिय स्थानहरु र राजमार्गमा छायांकन गरिएको यस चलचित्रको मजबुत पाटो संगीत पनि रहेको संगीतकार सुगम पोखरेलको कथन छ । सुगमका अलावा कमल खत्री, बाणी ब्याण्डका पुष्पन प्रधान र सन्जीत श्रेष्ठले चलचित्रमा संगीत भरेका छन् । भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्वन्द्व, हरि हुमागाईँको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu