मैले माया पाएकी छु तर केहि गुमाएकी छैनः नायिका चाँदनी शर्मा



chadani-sharma

यतिबेला बजारमा चलचित्र ‘स्टुपिड मन’को व्यापक चर्चा छ । नायक निरज बरालले बनाएको यो चलचित्रको सम्पूर्ण छायांकन थाईल्याण्डमा गरिएको छ । दिवाकर भट्टराई निर्देशित यसै चलचित्रबाट चाँदनी शर्मा नायिकाको रुपमा अभिनयमा अघि बढेकी छिन् । अध्ययनको शिलशिलामा तीन बर्षयता जापान रहँदै आएकी शर्मा सात बर्ष अगाडी सुनिल सिंह ठकुरीको पहिलो एल्वम ‘क्रेजी ह्याट’को एउटा गीतमा अभिनय गरेकी थिईन् । उक्त भिडियो नै हालसम्मको पहिलो र अन्तिम भिडियो बनेको छ । अभिनयमा रुचि राख्दै मुख्य भूमिकामा अभिनय गरेकी चाँदनीसँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले केहि प्रश्न राखेका छन्:

१. किन र कसरी अभिनयमा आउनुभयो ? अभिनयबारे कुनै शिक्षा ?
किन र कसरी भन्ने कुनै उत्तर छैन तर बच्चा देखि अभिनयमा रुचि राख्थेँ । चलचित्र हेर्दा निकै रमाईलो लाग्थ्यो । आफु टिभिमा देखिने पाउने हो भने कस्तो हुन्थ्यो होला भन्ने कल्पना गर्थेँ । मसँग अभिनयको कुनै अनुभव र शिक्षा त छैन तर मैले धेरै चलचित्र हेर्ने गरेकोले सजिलो भएको हो ।

२. ‘स्टुपिड मन’मा तपाईँको कस्तो भूमिका छ ? के तपाईँ आफ्नो अभिनयबाट सन्तुष्ट हुनुहुन्छ ?
‘स्टुपिड मन’ धेरै सामान्य र मन छुने कथामा छ । अहिलेको अवस्थामा यस्तो चलचित्रमा मौका पाउनु मेरो लागि निकै गौरवको कुरा हो । सन्तुष्टीको कुरा दर्शकको प्रतिक्रियाले जनाउनेछ । यो बिषयमा अनविज्ञ छु ।

३. अरुको अभिनय हेर्दा र आँफैले अभिनय गर्दा के फरक भेट्नुभयो ?
अरु र आफुमा धेरै फरक पाएँ । यो मेरो पहिलो चलचित्र हो । चलचित्रमा अभिनय गर्नु भनेको पर्दामा अरुको हेर्न जति सजिलो छ त्यति नै गाह्रो छ सेटमा काम गर्न ।

stupid

४. आफुलाई अभिनयमा अझै निखार ल्याउन के सोच्नुभएको छ ?
मैले काम गर्न लागेको जुनसुकै कथा मैले अध्ययन गर्नुपर्छ । त्यसको भाव बुझ्नु पर्छ । त्यसपछि आँफै निखारता आउँदै जान्छ । हुन त सबैले यो काम भने जसरी गर्न सक्दैनन् । आफ्नो-आफ्नो शैली हुन्छ काम गर्ने, सोच्ने ।

५. ‘स्टुपिड मन’ भित्र आफ्नो अभिनयको महत्वपूर्ण क्षण कुन हो ?
त्यस्ता क्षणहरु धेरै छन् तर फुकेटको त्यो भ्यू प्वाईन्टमा धेरै मानिसहरुको अगाडी म रुँदै चिच्याएको क्षण कहिल्यै बिर्सन सक्दिन । रुँदा-रुँदा कट भनेको पनि सुनिनछु । आँखा खोल्दा त मलाई घेरा हालेर शुटिङ् हेर्नेहरुले ताली बजाईरहेका थिए ।

६. यो चलचित्रले चाँदनीलाई कता डोर्यानउला ? आगामी दिनमा अभिनयलाई निरन्तरता दिने या नदिने ?
‘स्टुपिड मन’ले चाँदनीको भविष्य तय गर्दैन । यो मेरो पहिलो चलचित्र हो जुन कल्पना गरे भन्दा धेरै राम्रो छ । मेरो भबिष्य जे पनि हुन् सक्छ । अभिनयमा म नरहन पनि सक्छु । म यो भन्दिन कि म अभिनयकै लागि जन्मेकी हुँ तर अभिनय गर्न मलाई मन पर्छ । म आँफै यो चलचित्रको पर्खाईमा छु । चलचित्रमा मेरो अभिनय देखिएपछि तय हुन्छ मेरो बाटो ।

७. अभिनयमा आएपछि सबैभन्दा ठुलो कुरा के पाउनुभयो या गुमाउनुभयो ?
अभिनयमा आएपछि मैले पाएकी मात्र छु, गुमाएकी केहि छैन । चलचित्र रिलिज नहुँदै मलाई मेरा आफन्त, साथीभाईले गर्नु भएको सपोर्ट प्रति आभारी छु । मैले पाएकी छु माया, केहि गुमाएकी छैन ।

८. सफल कलाकार बन्ने टिप्स दिनुपर्दा के-के दिनुहुन्छ ?
कलाकार भनेको आफ्नो मात्र होइन, राष्ट्रकै गहना हो । जुन कलाकारले आफ्नो कामलाई माया गरिरहन्छ उसलाई राष्ट्रले अवश्य सम्मान दिनेछ । सफल हुनु भनेको आफ्नो कामलाई भित्रबाट चिन्नु हो, कामको सम्मान गर्नु हो । जानेको यत्ती हो, बाँकी टिप्स केहि भए खोजीमा छु, बरु मलाई नै दिनुस न !!!

९. तपाईँको मनपर्ने कलाकार को हो ?
म राजेश हमालको बच्चै देखिको फ्यान हो । बिना बुढाथोकी, कृष्टि मैनाली, शिव श्रेष्ठ, वलिउडका आमिर खान, शाहरुख खान र रणवीर सिंह त्यस्तै हलिउडमा रोबर्ट मलाई उत्तिकै मन पर्छन् ।

१०. नेपाल आएर कलाकारितामा लाग्ने कि जापानमा नै रहने ?
जापान मेरो देश होइन । मेरो देश नेपाल हो । नेपाल आएर म के गर्छु थाहा छैन तर मेरो भबिष्य नेपाल नै हो । कलाकारिता मेरो इच्छा हो ।

१३. तपाईँको नजरमा स्टुपिड मन के हो ?
‘स्टुपिड मन’ गहकिलो प्रेमकथामा आधारित छ । यो चलचित्र सम्पूर्ण नेपालीको लागि बनेको छ । नेपाली चलचित्रले आफुलाई सुधारेको एउटा उपहार हो यो चलचित्र । अन्त्यमा ‘Stupid mann is the best movie’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu