हङ्कङ्मा ‘ए मेरो हजुर २’ निर्माण घोषणा | झरना थापा निर्देशक बन्दै



jharana-thapa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बहुचर्चित नेपाली चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल बन्ने भएको छ । श्रीकृष्ण श्रेष्ठ र झरना थापाको निकै मर्मस्पर्शी अभिनय रहेको ‘ए मेरो हजुर’ का कलाकार श्रीकृष्णको निधन भएपछि अब झरनाले अरु नै कलाकारलाई साथमा राखि चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गर्न लागेकी छिन् ।

नायिका झरना थापाकी १८ बर्षिय छोरी सुवानी थापाले हङकङको चारतारे होटल विपि इन्टरनेशनलमा आयोजना भएको सातौं नेफ्टा फिल्मी अवार्डमा ‘ए मेरो हजुर २’ को निर्माण घोषणा गरेकी थिइन् । एस.के.प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘ए मेरो हजुर २’ मा अनमोल केसी, स्वतन्त्रप्रताप शाह, झरना थापाको अभिनय रहने बताइएको छ ।

बसन्त सापकोटाको संगीत रहने चलचित्रले युवा पुस्ताको कथा बोक्ने छ । चलचित्रलाई नायिका झरना थापा आफैंले नै निर्देशन गर्न लागेकी छिन् । चलचित्रको चाडैं नै छायांकन सुरु हुने झरनाकी १८ बर्षिय छोरी सुवानीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu