विधवा हुनु अघि यसरी नाचिन सोनु (भिडियो सहित)



bidhawa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष ११ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र विधवाको र्शीष गीत रिलिज भएको छ । सोह्र सिंगारमा सजिएर नामक बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सोनु घिमीरे आफु पठ्ने स्कुलमा नाच्दै गरेको दृश्य देख्न सकिन्छ ।

यस गीतमा विकाश चौधरीको संगीत,शंकर अधिकारीको शब्द रहेको छ । समाजमा विद्यमान कुरिती र कु–सस्कारका कारण बिधुवा महिलाले भोग्नु परेको समस्यालाई देखाउन खोजेको चलचित्र विधवामा दिलीप रायमाझी, सोनु घिमीरे, मनोज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई गिरीप्रसाद सुनारले निर्माण गरेका हुन् भने मनोज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नायक दिलिप रायमाझिले एक एकल महिलालार्इ बिबाह गरेको देख्न सकिन्छ । यस चलचित्रले नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई देखाउने बताईएको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu