पहिचान खोज्दै हिँड्ने ‘टलकजंग’लाई सबैले हेर्न पाउने



talakjung-vs-tlke

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कात्तिक १४ गते नेपालभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ । प्रमाणपत्र पाएसँगै  गुमेको पहिचान खोज्न हिडेको युवाको कथा बोक्ने  यो चलचित्र सबै उमेर समूहका लागि हेर्नयोग्य बनेको छ ।

चलचित्रमा देखिएका द्वन्द्वका दृश्यलाई पनि ‘यूनिभर्सल’ बनाउन सक्नुमा निर्देशकिय क्षमता देखिएको छ । सेन्सरले साधारणतया द्वन्द्वका दृश्य कि त कैँचि चलाउँछ या ‘प्यारेन्टल गाईडेड’ प्रमाणपत्र प्रदान गर्छ । ‘लुट’ जस्तो नेपाली चलचित्र उद्योगकै कोषेढुंगा सावित चलचित्र निर्देशन गरेका निश्चल बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’लाई निर्देशन गरेका हुन् ।

चलचित्रको प्रोमो तथा गीत-संगीतले दर्शकको मन जितिरहेको छ । यो कथाको पृष्ठभूमीमा मात्र द्वन्द्वकालिन कुरा छन् ।  ‘टलकजंग भर्सेस टुल्के’ एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचान खोज्न गरेको संघर्षको कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हास्य रसमा देखाउन खोजिएको चलचित्र रहेको बताईन्छ ।

षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रका निर्माता रबिन्द्र सिंह बानिया हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ्ग राई, शुसांक मैनाली, रजनी गुरुङ्ग, प्रकास घिमिरे, राज थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको ‘नाचन मैयाँ नाच न’ बोलको आईटम गीतलाई यतिबेला दर्शकले निकै रुचाएका छन् । चलचित्रका लेखक खगेन्द्र लामिछाने हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu