यति धेरै कलाकारमा को हो ‘एउटा साथी’ ? भिडियो



euta-sathi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘एउटा साथि’को हल ट्रेलर रिलिज भएको छ । युटुब मार्फत सार्वजनिक यस ट्रेलरमा कमेडी, द्वन्द्व, प्रेम जस्ता कुरालाई देखाईएको छ । चलचित्रमा अभिनय गरेका सबै मुख्य कलाकार ट्रेलरमा देखिएका छन् ।

रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको यस चलचित्रमा अनु शाह, सलोन बस्नेत, रिश्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राजेन्द्र खड्गीको एक्सन, टंक बुढाथोकीको संगीत, सुमन तण्डुकारको छायांकन छ ।

राम खनाल ‘एउटा साथी’का निर्माता हुन् । चलचित्रमा प्रेम, मित्रता, विछोड र खुशीको कथा देखाउन खोजिएको बताईएको छ ।

हेर्नुहोस् ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu