दक्षिण कोरियामा पनि ‘कोहिनुर’ लाग्दै



kohinoor-shree-sweta1

ठुलोपर्दा डटकम, कोरिया ।
साउन २३ गते अलनेपाल रिलिज भएको चलचित्र कोहिनूर विदेशका विभिन्न शहरहरुमा प्रदर्शनको तयारी व्यापक रुपमा हुदैं गइरहेको छ । भारतमा उपचारको क्रममा निधन भएका चर्चित कलाकार तथा निर्माता श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ दक्षिण कोरियामा प्रदर्शन गरिने भएको छ ।

दक्षिण कोरियामा रहेको मेची महाकाली युनाईटेडले फिल्म प्रदर्शन गर्न लागेको हो । वैदेशिका रोजगारी र अध्ययनको क्रममा कोरियामा रहेका नेपालीलाई उक्त फिल्म देखाउने तयारी गरेको आयोजकले बताएको छ । आकाश अधिकारीको निर्देशनमा बनेको उक्त चलचित्रमा श्रीकृष्ण र श्वेता खड्काले मुख्य भुमिका निर्वाह गरेका छन् ।

अहिले सम्ममा कोहिनूरले १२ करोड भन्दा माथिको व्यापार गरिसकेको छ । कोहिनूरले १२ वटा हलमा एकैचोटि ५१ दिन मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu