मिस नेपालका विजेताहरु अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागी हुँदै



miss-nepals

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विदेशका विभिन्न शहरहरुमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागी हुन नेपालका मिस नेपालका विभिन्न शिर्षक विजेताहरु विदेश जाने भएका छन् । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा सहभागी हुन नेपालका मिस नेपालहरु विदेश जान लागेको बताइएको छ ।

मिस नेपाल (वर्ल्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टरनेशनल) सोनी राजभण्डारी अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगीतामा भाग लिन विदेश जान लागेका छन् । ‘मिस इन्टरनेशनल’को सुन्दरी प्रतियोगितामा सहभागिता जनाउन सोनी राजभण्डारी अक्टोबर २१ तारिख अर्थात मंगलवार जापानको तोकियो जाने भएकी छिन् । उक्त प्रतियोगिता आउदो नोभेम्बर ११ तारिखमा हुनेछ ।

यस्तै, नोभेम्बर २९ तारिखमा हुन लागेको ‘मिस अर्थ’ प्रतियोगितामा सहभागिता जनाउन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१ तारिख फिलिपिन्सको मनिला जाँदै छिन् । त्यस्तै अर्की सुन्दरी मिस नेपाल सुबिन लिम्बु डिसेम्बर १४ तारिखमा आयोजना हुने ‘मिस वर्ल्ड’मा भाग लिन नोभेम्बर १९ तारिख बेलायतको लण्डन तर्फ जाँदै छिन् ।

मिस वर्ल्डको ‘ब्युटी विथ अ प्रपोज’ एवार्डका लागि सुबिन लिम्बु प्राथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्द्रित रहेकी छिन् । यसै आयोजनाका लागि उनी एक हप्ताका लागि प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग काम गर्न सुदुर पश्चिम क्षेत्र बझाङ, दैलेख र शिबकोट जाने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu