बलिउडमा राम्रो माग र चर्चा कमाउदै गएकी बलिउड अभिनेत्री कंगना रनावत अहिले पनि आफु सानो र सामान्य कलाकार मान्ने गरेको बताउछिन् । उनी भन्छिन् ‘म सेलेब्रेटी होइन मात्र आर्टिस्ट हुँ’ ।
उनले एक अन्तरर्वातामा भनेकी छिन्, ‘मेरो यस कारण सामाजिक सञ्जालहरु छैनन् किनकी मलाई यसबारेमा केहि पनि जानकारी छैन् । मेरो दिमागमा कहिले पनि म सेलेब्रेटी हुँ भन्न विचार नै पलाउदैन्’ ।
‘म जब विहान उठ्छु म आफै कफी बनाउछु, जुन काम हरेक मानिस गर्छ । जसलाई म चिन्छु उ मात्र मेरो साथी हुन्छ नभए मेरो साथी कोहि पनि हुँदैन’ कंगना बताउछिन् ।