जीवनलाई चित्त बुझेन, आर्यनले गर्दैछन् रोमान्स्



aaryan-priyanka

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मुख्य भुमिका आफ्नो भयो भने मात्र चलचित्रमा अभिनय गर्ने कलाकारहरुको लस्कर लामो नै देखिन्छ । त्यहि भिडका एक नायक जीवन लुइँटेल पनि पर्दछन् । किनकी उनी अहिले सम्म अभिनय गरेको चलचित्रमा मुख्य भूमिकामा नै देखिने गरेका छन् ।

‘नाईँ नभन्नू ल’ चलचित्रमा मुख्य भुमिका निभाएका जीवनले उक्त चलचित्रबाट राम्रो तारिफ सुन्ने मौका पाए र चलचित्र सफल पनि भयो । ‘नाईँ नभन्नू ल’ सफल भएपछि सोहि चलचित्रका निर्देशक विकास आचार्यले उक्त चलचित्रको सिक्वेल बनाए ‘नाईँ नभन्नू ल २’ । सो चलचित्रमा भने जीवनको मुख्य भुमिका नभएपनि चलचित्रको सिक्वेलमा कथा जोडिन आउने हुँदा छोटो भूमिकामा भएपनि देखिए ।

अब ‘नाईँ नभन्नू ल ३’मा जीवनलाई नै कलाकारको रुपमा उभ्याउने पक्का भएता पनि उक्त चलचित्रमा आफ्नो भुमिका मुख्य नहुने भएपछि उनी उक्त चलचित्रबाट टाढिए र उनको ठाउँमा नायक आर्यन सिग्देल आइपुगे । यदि यो चलचित्र ‘नाईँ नभन्नू ल ३’ पनि सफल भए जीवनलाई पक्कै थकथकी लाग्ने छ होला तर जीवनले उक्त कुरालाई सहज रुपमा नै लिएका छन् ।

अहिले चलचित्र ‘नाईँ नभन्नू ल ३’ को छायांकन धमाधम सुरु भइरहेको छ । अहिले आर्यन र प्रियंका कार्कीको सट चलिरहेको छ । आर्यन र प्रियंकाको भागमा फिल्मको शिर्ष र अर्को एक गीतपनि परेको छ । तिहार अगाडी आर्यनको लगभग सट खिचेर सकिनेछ ।

‘नाईँ नभन्नू ल २’ का मुख्य पात्र अनुभव रेग्मी सहित चलचित्रमा संयम पुरी, आश्मा डिसी, सुरज सिंह ठकुरी, संचिता लुइँटेल, आर्यन सिग्देल र प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । मुस्कान ढकालले निर्देशन गरिरहेको चलचित्र ‘नाईँ नभन्नू ल ३’ लाई निर्देशनबाट पछि हट्दै विकास आचार्यले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu