पपसिंगर जस्टिन बीबरको घरमा दुई जना पुलिस आए जब पुलिस जस्टिनको घर आए जस्टिन निकै अच्चममा परे । एउटा सानो पार्टी भइरहेको अवस्थामा पुलिसको आगमनले उनीहरुलाई चुपचाप बनायो ।
पुलिस जस्टिनको घरमा निकै होहल्ला भएको छ भनेर कुनै छिमेकीले पुलिसलाई खबर गरेका थियो त्यसपछि पुलिस जस्टिनको घरमा पुगेको थियो । हलिउडको एक वेवसाइटका अनुसार ४० जनाको उपस्थित रहेको उक्त पार्टीमा कुनै पनि होहल्ला नभएको र कुनै पनि ठुलो आवाजमा म्युजिक समेत नबजेको जस्टिनले पुलिसलाई बताएका थिए ।
पुलिसले जब बीबरको शान्ति पुर्णरुपमा भइरहेको पार्टी देख तब पुलिसले कुनै पनि प्रतिक्रिया दिएनन् तर बीबरले भने उपस्थित भएका पाहुनाहरुलाई आ-आफ्नो घर जान आग्रह गरेको बताइएको छ । बीबरको पार्टीमा उनकी गर्लफ्रेण्ड सेलेना गोम्ज पनि सहभागी भएकी थिइन् ।