खलनायक भट्ट बने नेपाली चलचित्रका कान्छा हजुरबा



puskar

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रायः सिनेमाको क्यामेरा अगाडी निकै आक्रोशित आवाजमा बोलिरहने, कहिले खतरनाक खलनायकका रुपमा देखिने, कहिले विभिन्न अत्याचारहरु गरेको देखिने कलाकार पुष्कर भट्ट ४० बर्षको उमेरमा नै हजुरबुबा बनेका छन् । सम्भवत यिनी नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा कान्छो हजुरबुबा बनेका हुन् ।

बलिउडमा हिरो बन्ने चाहनाले विभिन्न दुखहरु सगँ घम्साघम्सी गर्दै चलचित्रबाट निकै राम्रो सफल्ता हात पर्दै गएका पुष्करले अहिले सम्म करिब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसेकका छन् । आइतवार विहान ६ बजेर ४९ मिनेटमा काठमाडौंको नर्भिक अस्पतालमा छोरा दिपकराज भट्ट र आमा असिमा भट्टको कोखबाट आज सकुशल नाती जन्मिएको पुष्करले बताए ।

नातीको आगमनले निकै उत्साहित बनेका पुष्करले करिब १ बर्ष अगाडी नै आफ्नो यदि नाती भए आविस्कार नाम राख्ने घोषणा गरेका थिए । आज उनले औपचारिक रुपमा नै नातीको नाम आविस्कार राखेको बताए । आफ्नो कम्पनी “आविस्कार मुवी मेकर” को नामबाट कम्पनी दर्ता गर्दा नै पुष्करले यदि आफ्नो नाती भए आविस्कार नै राख्ने बताएका थिए । र आज उनको सपना पुरा पनि भएको छ ।

‘अब त बुढो भइयो है ?’ भन्ने ठुलोपर्दाको प्रश्नमा उनले भने “जब मान्छेको दिमाग चलिरहन्छ, तब सम्म मान्छे कहिले पनि बुढो हुदैंन म हजुरबुबा भए तर म बुढो भइसकेको छैन् भर्खरै त म ४० बर्ष लागेँ ।” यसरी आफ्नो नातीको खुसीयाली बाड्ने क्रममा उनले अब आफु केहि बर्ष भित्रमा नै चलचित्र निर्माण गर्न लागेको समेत खुलाएका छन् । ‘अहिले चलचित्रको गृहकार्य भइरहेको छ’ पुष्करले भने, ‘केहि महिना भित्रमा नै चलचित्रको बारेमा सबै कुरा थाहा हुन्छ’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu