सलमानकी हिरोइनले काठमाडौंमा देखाइन् अप्सरा रुप



Jareenठुलोपर्दा डटकम, काठमाण्डौ ।
बलिउडका कलाकारहरुको आखाँमा यति बेला नेपाल विषेश स्थानमा पर्दै आएको कुरा पछिल्ला उदारणहरुले पुष्टी नै गरिसकेका छन् । केहि बर्ष यता मात्र बलिउड कलाकारहरुको नेपाल आगमनले बलिउड कलाकारहरु नेपालको सुन्दरता प्रति निकै लालाहित बन्दै आएका छन् । त्यहि क्रममा बलिउडका चर्चित नायक अमिर खान केहि दिन अगाडी मात्र नेपाल आए सगैं बलिउडका चर्चित नायक जितेन्द्र पनि नेपाल आइसकेका छन् ।

जितेन्द्र नेपाल आएको केहि दिन नवित्दै बलिउड चलचित्र वीरकी नायिका जरीन खान पनि शुक्रबार मात्र नेपाल आएकी थिइन् । शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजना भएको हटेस्ट फेशन इभेन्ट अफ् द इयरका लागी उनी नेपाल आएकी थिइन् । हिजो उनले होटल सोल्टीमा आफ्नो अप्सरा जस्तो सुन्दर रुप उनले प्रस्तुत गरेकी छिन् ।

उनी जब आफ्नो मोहित रुपमा स्टेज अगाडी देखिइन् त्यसपछि सबैका आखाँ जरीनको शरिरमा नै पुग्यो । चर्चित फेशन डिजाइनर बिशाल कपुरले जरीनलाई अप्सरा जस्तो बनाएका थिए । जरीनको साथमा बलिउडका चर्चित मोडल एजाज खान पनि कार्यक्रममा देखिएका थिए । कार्यक्रममा बिजय लामा, निशा अधिकारी, रेश मरहट्टा, निलम चन्द, इशानी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुन पुगथेका थिए । पनाच इभेन्टसले आयोजना गरेको बिग फेशन इभेन्ट आयोजना भएको थियो । उनी सोमवार मात्र भारत जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu