संगीतकार चेतन सापकोटा निर्माता बन्दै, निर्देशकमा नवल नेपाल



chetan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
झण्डै पाँच दर्जन नेपाली चलचित्रमा संगीत निर्देशन गरेका चेतन सापकोटा अब निर्माता बन्ने भएका छन् । शुक्रबार ठुलोपर्दा डटकमसँग कुरा गर्दै सापकोटाले निर्देशनमा नवल नेपाललाई लिँदै नयाँ प्रोजेक्टमा लगानीको लागि तयार भएको खुलाएका हुन् ।

चलचित्रको नाम भने तय भएको छैन तर चलचित्र सांगीतिक एक्शन हुने सापकोटाले बताए । ‘अन्य धेरै निर्देशक सँग काम गर्ने मन तर ‘लज्जा’मा नवल नेपालसँग काम गरिसकेको भएर केमेष्ट्रि सुरुमै मिलेको हो’ नवलको काम गर्ने शैली मन परेको बताउँदै सापकोटाले भने, ‘मैले लज्जामा काम नगरेको भए अरु कोहिको निर्देशन हुने थियो । नवलजीसँग काम गर्दा लगानी सुरक्षित हुने महशुस गरेको छु’ ।

चलचित्रका कलाकार भने टुंगो लागेको छैन । सापकोटाका अनुसार चलचित्रमा चल्तिका कलाकार नै हुनेछन् । सापकोटा आफैले लेखेको कथामा नवल नेपालको पटकथा तथा संवाद रहनेछ ।

सापकोटाको मूख्य लगानी रहने उक्त चलचित्रमा बेल्जियमका एनआरएन सहदेव गौतमले सहयोग गरेका छन् । यसअघि सहदेवले निर्माण गरेको चलचित्र ‘फन्को’ रिलिजको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu