इन्फा अवार्डबाट ‘झोले’ हट्यो



jholey

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
उत्कृष्ट अभिनेत्री, गीतकार, पार्श्र्व गायन र कोरियोग्राफीको मनोनयनमा परेको चलचित्र ‘झोले’ इन्टरनेशनल नेपाली फिल्म अवार्डबाट बाहिरिएको छ । निर्माता टेकेन खड्का र निर्देशक दिपेन्द्र के. खनालले अनुमति बिना अवार्डमा सहभागि गराएको भन्दै आपत्ती जनाएपछि अवार्डबाट हटेको हो ।

इन्फा अध्यक्ष दिपक श्रेष्ठले ‘झोले’लाई ससम्मान हटाएको बताए । ‘आग्रहलाई मनन गर्दै स-सम्मान प्रतिस्पर्धाबाट हटाएका छौं’ ठुलोपर्दा डटकमसँग कुरा गर्दै अद्यक्ष श्रेष्ठले बताए । अक्टोवर २६ तारिखमा हकङकङमा आयोजना हुने अवार्डको मनोनयन सार्वजनिक हुँदा ‘झोले’ परेको थाहा भएपछि फिल्म युनिटले अवार्डको कुनै पनि विधामा सहभागीता नजाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu