सिजी कामना फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक



Kamana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रको उत्थान र विकासका निम्ति पत्रकारितामार्फत योगदान पुर्‍याउँदै आएको कामना फिल्म मासिकले तीन दशक लामो यात्रा पार गरेपछि सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको सिजी कामना फिल्म अवार्ड्स २०७१ को विभिन्न २६ प्रतिस्पर्धात्मक विधाको ५-५ मनोनयन सूचि सार्वजनिक गरेको छ ।

कामनाले २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्महरुलाई सामेल गरी यसै वर्षबाट आरम्भ गर्न लागेको अवार्डमा विशेष गरी होस्टेल, महसुस, मोक्ष, नाई नभन्नु ल २ र मौनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यी फिल्म २६ प्रतिस्पर्धात्मक विधामध्ये धेरैजसो विधाको मनोयन सूचिमा परेका छन् ।

होस्टेल र मोक्ष सिजी कामना फिल्म अवार्ड २०७१ को सर्वाधिक १८-१८ विधाको मनोनयनमा परेका छन् भने महसुस र नाई नभन्नु ल २ १७-१७ विधा तथा मौन १४ विधाको मनोनयनमा परेको छ । होस्टेल चलचित्रबाट सह अभिनेता, हास्य कलाकार, संगीतकार, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, नृत्य निर्देशन, द्धन्द्ध निर्देशन, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत र श्रृंगार विधाको मनोनयनमा परेको छ । यो फिल्मबाट दुईजना नव अभिनेत्री पनि मनोनयनमा परेका छन् ।

त्यसै गरी मोक्ष चलचित्रबाट नव निर्देशक, सह अभिनेता, सह अभिनेत्री, हास्य कलाकार, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नव अभिनेता, नृत्य निर्देशक, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत र श्रृंगार विधाको मनोनयनमा परेको छ ।

त्यस्तै महसुस चलचित्रबाट, निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, नृत्य निर्देशक, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत र श्रृंगार विधाको मनोनयन सूचिमा परेको छ । त्यसै गरी नाई नभन्नु ल २ चलचित्र, निर्देशक, सह अभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, बाल कलाकार, कथा, पटकथा, संवाद, सम्पादन, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोयनमा परेको छ । यसैगरी नाई नभन्नु ल २ मा गीतकार, पाश्र्व गायक र बाल कलाकारतर्फ २-२ जना मनोनयन सूचीमा परेका छन् । त्यस्तै मौन चलचित्र, अभिनेता, अभिनेत्री, हास्य कलाकार, सह अभिनेत्री, नव निर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत र श्रृंगार विधाको मनोनयमा परेको छ । यी चलचित्रहरु चलचित्र विधामो मनोनयनमा पनि परेका छन् ।

प्रतिस्पर्धामा रहेका २६ विधामध्ये दर्शकको चासो रहेका लोकप्रिय १८ विधामा एसएमएसमार्फत भोट गर्न सक्नेछन् । दर्शकले चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पार्श्र्व गायक, पार्श्र्व गायिका, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, बाल कलाकार, नृत्य निर्देशक र द्धन्द्ध निर्देशक विधामा भोलि शुक्रबारदेखि कात्तिक २५ गतेसम्म सिजी केएफए स्पेश र आपूmलाई मन परेको विधाको मनोनयन सूचीमा परेकाको कोड राखी ५००५ मा एसएमएस गर्न सक्नेछन् । दर्शक भोट र निर्णायक मण्डलको अंक जोडी विजेता चयन गरिनेछ ।

यीबाहेकका विधामा भने निर्णायक मण्डलले दिएको अंकका आधारमा विजेता चयन हुने कामनाका प्रधान सम्पादक तथा सिजी कामना फिल्म अवार्डस् २९७१ का निर्देशक पुष्करलाल श्रेष्ठले जानकारी गराएका छन् । श्रेष्ठले नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा योगदान गर्दै सिंगो जीवन नै यसै क्षेत्रमा बिताएका हस्तीहरुले प्रतिस्र्धामा सामेल रहेका सबै चलचित्र अवलोकन गरी स्वतन्त्ररुपले मूल्यांकन गरी मनोनयन सूची तयार पारेको जानकारीसमेत गराए । विभिन्न संघ संस्था तथा चलचित्र क्षेत्रका हस्तीहरुको सर सल्लाहबमोजिम हरेक विधाका लागि मापदण्ड निर्माण गरी त्यसका आधारमा निर्णायक मण्डलले मनोनयन सूची तयार पारेको पनि उनले प्रष्ट पारे ।

नेपाली फिल्म जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा फिल्मकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सीजी कामना फिल्म अवार्ड्स २०७१ निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले सबैको प्रिय हुने विश्वास सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा अवार्डका अर्का निर्देशक वसन्त चौधरीले व्यक्त गरे ।

सीजी कामना फिल्म अवार्ड्स २०७१ लाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा आजीवन यसै क्षेत्रमा विताउने कलाधाकलाई १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) बाट सम्मानित गरिने कामनाका सप्पादक तथा अवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी गराए । त्यसै गरी अवार्डलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्न तिब्रताका साथ तयायरी कार्य अगाडि बढिरहेको कामनाका सिइयो, प्रवन्ध सम्पादक तथा अवार्ड आयोजक समितिका संयोजक दिरेकलाल श्रेष्ठले जानकारी गराएका छन् ।

सिजी कामना फिल्म अवार्डस् २०७१ को उत्कृष्ट ५ मनोनयन सूचि यस प्रकार छः
१. सर्वोत्कृष्ट फिल्म
नाईं नभन्नु ल २
मोक्ष
होस्टेल
मौन
महशुस

२. सर्वोत्कृष्ट निर्देशक
दिनेश डिसी (छ एकान छ)
विकास आचार्य (नाई नभन्नु ल २)
छिरिङ रितार शेर्पा (उमा)
सविर श्रेष्ठ (आधी बाटो)
नवल नेपाल (महशुस)

३. सर्वोत्कृष्ट अभिनेता
शिवहरी पौडेल (छ एकान छ)
अर्पण थापा (मौन)
सौगात मल्ल (उमा)
दयाहाङ राई (लोफर)
आर्यन सिग्देल (महशुस)

४ सर्वोत्कृष्ट अभिनेत्री
केकी अधिकारी (महशुस)
ऋचा शर्मा (उमा)
सुमिना घिमिरे (लभ फरेवर)
प्रियंका कार्की (झोले)
नम्रता श्रेष्ठ (मौन)

५ सर्वोत्कृष्ट खलपात्र
मुकेश आचार्य (मुटु)
राजकुमार पुडासैनी (अन्तराल)
शंकर आचार्य (लभ फरेवर)
मनोज आरसी (मधुमास)
रमेश बुढाथोकी (राजनिती)

६ सर्वोत्कृष्ट हाँस्य कलाकार
विजय बराल (मौन)
सीतारम कट्टेल (छ एकान छ)
विशाल ढुंगाना (मोक्ष)
सलोन बस्नेत (होस्टेल)
विल्सन विक्रम राई (प्रोड्युसर)

७ सर्वोत्कृष्ट सह-अभिनेता
अनुप बराल (वधशाला)
रवि गिरी (साँघुरो)
सरोज खनाल (नाईं नभन्नु ल २)
गौरव पहाडी (होस्टेल)
विक्रम सिंह (मोक्ष)

८ सर्वोत्कृष्ट सह-अभिनेत्री
दुर्गा बराइली (मोक्ष)
अरुणा कार्की (साँघुरो)
मिथीला शर्मा (उमा)
रश्मी भट्ट (मौन)
बेनिषा हमाल (महसुश)

९ सर्वोत्कृष्ट संगीतकार
सञ्जिव सिंह (मोक्ष- खुला आकाश…)
गैरे सुरेश (नाई नभन्नु ल २- मर्ने कसैलाई…)
वसन्त सापकोटा (नाई नभन्नु ल २- यी आंखामा…)
सुरेश अधिकारी (महशुस- लाखै बत्ती…)
स्वप्नील शर्मा (होस्टेल- ढल्केको घामझैं…)

१० सर्वोत्कृष्ट गीतकार
सुरेश अधिकारी (महशुस- लाखै बत्ती…)
सञ्जिव सिंह (मोक्ष- खुला आकाश…)
डा. कृष्णहरी बराल (नाईं नभन्नु ल २- यी आंखामा…)
डा. कृष्णहरी बराल (नाई नभन्नु ल २- मर्ने कसैलाई…)
किरण खरेल (आधी बाटो- संगीतले…)

११ सर्वोत्कृष्ट पाश्र्व गायक
स्वरुपराज आचार्य (नाई नभन्नु ल २- मर्ने कसैलाई…)
प्रेम परियार (नाई नभन्नु ल २- मर्ने कसैलाई…)
सञ्जिव सिंह (मोक्ष- खुला आकाश…)
प्रल्हाद तिमिल्सिना (काली- स्लोली स्लोली…)
राजेशपायल राई (महशुस- लाखै बत्ती…)

१२ सर्वोत्कृष्ट पाश्र्व गायिका
मिलन अमात्य (काली- स्लोली स्लोली…)
छाया सोताङ (मोक्ष- किन नि…)
रजिना रिमाल (नाई नभन्नु ल २- मर्ने कसैलाई…)
पविता परियार (आधी बाटो- तिमी राजा…)
अञ्जु पन्त (पराई- जुनलाई सोधें…)

१३ सर्वोत्कृष्ट नव निर्देशक
प्रविन श्रेष्ठ (मोक्ष)
दीपा बस्नेत (अन्तराल)
सुरज भुषाल (मौन)
हेमराज विसी (होस्टेल)
जोयश पाण्डे (सांघुरो)

१४ सर्वोत्कृष्ट नव अभिनेता
मानव सुवेदी (अन्तराल)
अनमोल केसी (होस्टेल)
शुशांक मैनाली (सांघुरो)
कोशिष क्षेत्री (मोक्ष)
सुरजसिंह ठकुरी (कर्कश)

१५ सर्वोत्कृष्ट नव अभिनेत्री
अशिष्मा नकर्मी (अन्तराल)
शिवांगिनी राणा (मधुमास)
शर्मिला गुरुङ (शिरिषको फुल)
रिश्ता बस्नेत (होस्टेल)
प्रकृति श्रेष्ठ (होस्टेल)

१६ सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी (नाई नभन्नु ल २)
सुज्ञानी भट्टराई (नाईं नभन्नु ल २)
सुप्रेम शाह (मुटु)
साहिल (मौन)
सुजल लामिछाने (पराई)

१७ सर्वोत्कृष्ट नृत्य निर्देशन
प्रविण श्रेष्ठ (मोक्ष- खुल्ला आकाश…)
रेनेशा राई (झोले- तिमी नै मेरो…)
कविराज गहतराज (काली- स्लोली स्लोली..)
हेमराज बिसी (होस्टेल- ढल्केको घामझैं…)
कविराज गहतराज (महशुस- लाख बत्ती…)

१८ सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन
रोशन श्रेष्ठ (आधी बाटो)
अष्ट महर्जन (होस्टेल)
सुर्य थोकर (लभ फरेवर)
रोशन श्रेष्ठ (प्रोड्युसर)
हिमाल केसी (पराई)

१९ सर्वोत्कृष्ट कथा
विकास आचार्य (नाई नभन्नु ल २)
सुनिल रावल (होस्टेल)
कल्याण घिमिरे (महशुस)
नविन गौली (मौन)
प्रविन श्रेष्ठ (मोक्ष)

२० सर्वोत्कृष्ट पटकथा
नवल नेपाल (महशुस)
राजन कठायत/ प्रज्ञान थापा (मोक्ष)
विकास आचार्य/ प्रदीप दाहाल/ अरुणदेव जोशी (नाई नभन्नु ल २)
अर्पण थापा (मौन)
हेमराज बिसी (होस्टेल)

२१ सर्वोत्कृष्ट संवाद
विकास आचार्य (नाई नभन्नु ल २)
राजन कठायत (मोक्ष)
हेमराज विसी (होस्टेल)
नवल नेपाल (महशुस)
विनोद पौडेल (सांघुरो)

२२ सर्वोत्कृष्ट छायांकन
हरी हुमागाईं/ प्रविण श्रेष्ठ/ रविन श्रेष्ठ (मोक्ष)
सञ्जय लामा (मौन)
दीव्यराज सुवेदी (महशुस)
हरी हुमागाईं (होस्टेल)
गौरीशंकर धुंजु (शिरीषको फूल)

२३ सर्वोत्कृष्ट सम्पादन
निमेश श्रेष्ठ (मौन)
दिर्घ खड्का (नाई नभन्नु ल २)
सुरेन्द्र पौडेल (होस्टेल)
रविन श्रेष्ठ (मोक्ष)
बद्री लामिछाने (महशुस)

२४ सर्वोत्कृष्ट ध्वनि मिश्रण
सुनयमान श्रेष्ठ (नाई नभन्नु ल २)
उत्तम न्यौपाने (होस्टेल)
मुकेश शाह (महशुस)
दीप तुलाधर (शिरिषको फुल)
उत्तम न्यौपाने (मौन)

२५ सर्वोत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की (महशुस)
एलिस कार्की (नाई नभन्नु ल २)
रोहित शाक्य (होस्टेल)
रोहित शाक्य (मौन)
संजिव सिंह/ नव क्रान्ति व्याण्ड/ प्रविण श्रेष्ठ (मोक्ष)

२६ सर्वोत्कृष्ट श्रृंगार
प्रेम लामा (मोक्ष)
सरोज बुढाथोकी (सांघुरो)
श्याम बराल (महशुस)
अमृत मरहठ्ठा (होस्टेल)
निमा लामा (मौन)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu