सेन्सरलाई चुनौती दिँदै मंसिर १२ मा आगो रिलिज घोषणा



aago-2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सेन्सर बोर्डले बारम्बार दुख दिएको भन्दै चलचित्र ‘आगो २’ युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै सेन्सर बोर्डलाई चुनौती दिएको छ । असोज ३१ मा रिलिज मिति तय गरेको यो चलचित्रको सेन्सर नभएपछि रोकिएको थियो । अब यो चलचित्र मंसिर १२ मा अल नेपाल रिलिज हुनेछ ।

नयाँ रिलिज मिति सम्म आईपुग्दा जसरी भएपनि सेन्सर हुने निर्माता किशान पोखरेलले बताएका छन् । उनले भने ‘सेन्सर भन्दा माथी पुनरावेदन गर्ने बोर्ड हुन्छ त्यसमा पनि चित्त नबुझे अदालत सम्म जान सकिन्छ । अदालतमा पुगेर भएपनि मंसिर १२ मा रिलिज गर्छौँ’ । त्यस्तै निर्देशक मदन घिमिरेले सेन्सरका सदस्यको व्यबहारप्रति आपत्ती रहेको बताए ।

सेन्सरले चलचित्र हेर्न नमानेर सेन्सर नभएको चलचित्र युनिटले बताएको छ । पत्रकार सम्मेलनमा नायक शुशिल क्षेत्री, वितरक गोपाल कायस्थ, निर्देशक मदन घिमिरे लगायतले सेन्सरले ‘आगो २ लाई’ राजनितिक घेरामा गोलबन्द गराएको आरोप लगाएका छन् ।

मदन घिमिरे निर्देशित ‘आगो २’ जनता र पत्रकारलाई नायक बनाएर निर्माण गरिएको बताईएको छ । चलचित्रमा सुशिल क्षेत्री, प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu