आमिर खान र युनिसेफप्रती राजेशको आक्रोश



rajesh-payal-rai

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक राजेश पायल राईले आमिर खान र युनिसेफप्रती आक्रोश पोखेका छन् । आफ्नो फेसबुक पेजमा समाचार शेयर गर्दै राईले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई दर्शकदिर्घामा राखी आयोजकले उपेक्षा गरेको मनशाय राईले व्यक्त गरेका छन् ।

आमिर मञ्चमा बसेका बेला पारसलाई दर्शकदिर्घाबाटै बोलाई बोल्न लगाईएको थियो र बोलिसकेपछि पारस पुनः यथास्थानमा नै बसेका थिए । राईले आमिर खान र फिल्म भन्दा राष्ट्र र राष्ट्रियता ठुलो भएको जनाउँदै हिजो नेपालीलाई होच्याउने आमिरलाई देशको नाम रोशन गर्ने पारसलाई भन्दा बढि मान्यता दिएकोमा आक्रोश पोखेका छन् ।

राईले लेखेका छन्, ‘त्यही आमिर खान होइन, जसले नेपाललाई होच्याएर चिसो भनेकै कोकाकोला भन्ने ? अब उसले पनि भारत पुगेर मोदीले जस्तै बुद्ध भारतमा जन्मिएका हुन् भन्ने त होला नि’ ।

rajesh-payal

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu