यस्तो रहेछ गीतकार कुमारले बिहे नगर्नुको कारण (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निरन्तर नेपाली गीत-संगीतमा क्रियाशिल अबिवाहित गीतकार कुमार बिवाहितले बिहे नगर्नुको कारण खुलेको छ ।

बाह्रैमास कहिले के कहिले के व्यस्ततामा अल्झिरहने गीतकार बिवाहितले आफुले बिहे नगर्नुको कारणलाई गीतको स्वरुप दिएका छन् । उनले बिहे नगर्नुमा बाह्रै महिनाका आफ्ना कारण दिँदै ‘मन छैन’ बोलको गीत गाएका हुन् ।

बिकल्प क्रियशनको प्रस्तुतीमा नारायण प्रसाद सुवेदीका शब्द तथा संगीतमा तयार उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

मुनाल शिशिरको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा विनोद न्यौपाने र सरस्वती योञ्जनको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu