नेताहरुको कारण यसरी दुख्यो देश (भिडियो)



siba

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजनिती, राजनितीज्ञ र सरकारप्रति कडा व्यंग्य गरिएको र राष्ट्र भावले भरिएको ‘खै हाम्रो दिलमा त घामै लाएन, जसको शासन आएपनि, जनताको शासन आएन’ बोलको गीत यू–ट्यूबमा सार्वजनिक गरिएको छ ।

चर्चित गीतकार तथा संगीतकार शिव सुवेदीको एल्बम ‘दुखेको देश’ मा समावेश उक्त गीत केही दिनअघि राजधानीमा ठुला दलका नेताहरुको हातबाटै विमोचन गरिएको थियो । जनताको आवाजलाई बालेको उक्त गीतमा नेपालका १० जना चर्चित गायक–गायिकाको स्वर रहेको छ । स्वर दिनेहरुमा पशुपती शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, रामजी खाँड, खुमन अधिकारी, पुष्कल शर्मा, प्रकाश सपुत, जुना श्रीस र शान्तिश्री परियारको रहेका छन् । गीतलाई अर्जुन पोखरेलले एरेन्छ गरेका छन् ।

प्रकाशको भट्टले निर्देशन गरेको उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । विष्णु शर्माको सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालले यु–ट्यूबमा सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu