अडियो गीत रिलिजसँगै ‘तमस’ निर्माण घोषणा



tamas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्रको छायांकन शुरु नहुँदै तीन अडियो गीत सार्वजनिक गरेर राजधानीमा शनीवार एक चलचित्र निर्माणको घोषणा गरिएको छ ।

आन्ट्स हिल प्रोडक्शनले सदावहार अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा चलचित्र ‘तमस– अ वाल्क इन द डार्क’ निर्माणको घोषणा गरेको हो । ‘म माया गर्छु’, ‘हे दैव यो’ र ‘तिम्रो माया’ बोलका तीन अडियो गीतहरु अभिनेता के.सी.को हातबाट सार्वजनिक गरिएको थियो ।

प्रकाश बस्नेतले निर्देशन गर्ने उक्त चलचित्रमा राजीन श्री आचार्य र भावना मल्लले मुख्य अभिनय गर्ने बताइएको छ । चलचित्रमा सैनिक शिवाकोटी, राजीव सेढांइ, यराधा सुवेदी, युनिशा कटवाल र सुमित झाको पनि अभिनय रहने छ ।

केशरजंग थापा र भावना मल्लको संयुक्त लेखन रहेको उक्त चलचित्रले अपांगतालाई प्रमुख विषयवस्तु बनाएर अनुसन्धानमुलक प्रयोगबाट कलात्मक पक्षलाई ध्यानमा राखी मनोरंजन दिलाउने बताइएको छ । ‘भन्ने मुल धारणालाई टेक्नोलोजी ब्रेकथ्रो बाट कलात्मक दिने प्रयास गर्नेछौ’, निर्देशक बस्नेतले कार्यक्रममा भने । मानिस अपांग भएपछि उसको जीवनमा आउने उत्तरचढावलाई चलचित्रमा उतारिने उनले बताए ।

चलचित्रलाई नरेन रुम्बा र राजीव आचार्यले खिच्नेछन् । यही असोज १९ गतेदेखि चलचित्रको छायांकन शुरु गर्ने कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu