‘कोहिनुर’को ५१ दिने सक्सेस कार्य्रक्रम, निर्देशकलाई पाँच लाखको सम्मान



kohinoor-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
स्वर्गीय श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’ ले शनीवार राजधानीमा ऐतिहासिक ५१ दिनको सफलतामा एक भव्य कार्यक्रमको आयोजना गरि खुशियाली बाढेको छ ।

चलचित्र सफल बनाउनका लागी सहयोग गर्ने पत्रकारलाई सम्मान तथा चलचित्र युनिटलाई चलचित्रले मायाको चिनो प्रदान गर्‍यो । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको हातबाट सम्मान प्रदान गरिएको हो । कार्यक्रममा श्रीकृष्णकी आमा समेत उपस्थित भएकी थिइन् ।

kohinoor-2

नेपाली चलचित्र क्षेत्रका वरिष्ठदेखि कनिष्ठसम्मका व्यत्तित्वहरुको सहभागिता रहेको उक्त कार्यक्रममा श्रीकृष्णकी श्रीमती एवम चलचित्रकी नायिका स्वेता खड्का भने अस्वस्थ्ताका कारण आउन नसकेको जानकारी दिइयो । उनी अस्वस्थ्य भएका कारण अस्पतालमा रहेको जानकारी निर्माणपक्षले दिएको थियो ।

श्रीकृष्णको नाममा प्रतिष्ठान खोलिने
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको नाममा प्रतिष्ठा खोल्ने तयारी भइरहेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा श्रीकृष्णका दाई एवम कोहिनुरका निर्माता चन्द्रप्रसाद श्रेष्ठले उक्त जानकारी दिएका हुन् । ‘हामी श्रीकृष्णको पूर्ण कदको प्रतिमाका लागि पनि स्थानको खोजीरहेका छौ’, उनले भने ।

kohinoor-3

निर्देशक आकाश अधिकारीलाई पाँच लाखको सम्मान
यसैविच सोही कार्यक्रममा कोहिनुर चलचित्रका वितरक सुनिल मानन्धरले चलचित्रका निर्देशक आकाश अधिकारीलाई पाँच लाख नगद र सम्मान पत्रसहित सम्मान गरेका छन् ।

आफुले वितरण गरेका धेरै चलचित्रहरु मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै व्यापार गर्न सफल ‘कोहिनुर’ बनेपछि निर्देशक अधिकारीलाई उनले सम्मान गरेका हुन् । ‘मैले आकाशलाई चलचित्रले पाँच लाख बढीको व्यापार गर्दैन भनेको थिए, उसले चल्छ भनेको थियो’, उनले कार्यक्रममा भने, ‘चल्यो भने पाँच लाख दिन्छु भनेको थिए, त्यही अनुरुप दिएको हो । ’

गत असार २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘कोहिनूर’ ले काठमाण्डू तथा काठमाण्डू बाहिरका ११ वटा हलमा प्रदर्शनको ५१ दिन पार गरेको हो । कोहिनुरले नेपालमा मात्रै हालसम्म करिब ११ करोडको ग्रस कलेक्शन गरिसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu