अनुको मनमा बस्ने जोनको चाहना (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केही दिनअघि पत्रकारसामु सार्वजनिक गरिएको बहुप्रतिक्षित चलचित्र ‘एउटा साथी’ को पहिलो गीत ‘खाली खाली थियो मन’ सोसियल नेटवर्किङ साइट यु–ट्यूबमा सार्वजनिक गरिएको छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको उक्त गीतको भिडियोमा जोन तामाङ र अनु शाहलाई फिचरिङ गरिएको छ । रोमान्टिक रहेको उक्त गीतमा जोन र अनुको गजबको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।

आनन्द कार्की र सुधा रत्नको स्वर रहेको उक्त गीतको शब्द र संगित टंक बुढाथोकीले गरेका हुन् । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको यस चलचित्रमा सलोन बस्नेत, जोन, रिस्ता बस्नेत, अनु, नारायण पुरी, शोभित बस्नेत, करिष्मा श्रेष्ठ र शिशिर भण्डारीको अभिनय रहेको छ ।

रामचन्द्र खनालले निर्माण गरेको यस चलचित्रमा शुसिल पंगेनीको कथा रहेको छ भने सुमन तन्डुकारको छायांकन छ । रोमान्टिक प्रेम कथामा आधारित यस चलचित्र कार्तिक १४ गतेबाट देशभर प्रदर्शन हुदैँछ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu