प्रतिष्ठा अमात्य विष्टको ‘प्रतिष्ठा’ लोकार्पण



pratistha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी प्रतिष्ठा अमात्य विष्टको पहिलो गीति संग्रह ‘प्रतिष्ठा’ को हालै लोकापर्ण गरिएको छ ।

वरिष्ठ संस्कृतीविद् सत्यमोहन जोशी लगायत वरिष्ठ संगीतज्ञहरुले सामुहिक रुपमा एल्बमको लोकार्पण गरेका हुन् । एल्बमको वरिष्ठ संगितकार बुलु मुकारुङले समिक्षा गरेका थिए ।

सात वटा गीत समावेश रहेको उक्त एल्बममा संगीतकार देवेन्द्र राईको एकल संगीत रहेको छ । सात मध्ये चारवटा गीत गायिका (प्रतिष्ठा) आफैले लेखेकी हुन् ।

pratistha1

एल्बममा ‘माटोको शरीर’, ‘हरपल हरक्षण’, ‘जतन गरेर’, ‘चालमात्रै’, ‘अंजुलीमा जीन्दगी’, ‘विश्वासलाई’ र ‘मिठो छुरी’ बोलका गीतहरु रहेका छन् । यि मध्ये ‘हरपल हरक्षण’ बोलको गीतको म्यूजिक भिडियो पनि बनेको छ जसलाई कार्यक्रममा समेत देखाइएको थियो ।

एशियन म्युजिकले बजार व्यवस्थापन गरेको यस एल्बममा फणिन्द्र राई, राजन इसान, महाराज थापा, जुगल डङ्गोल र भुपेन्द्र रायमाझीको संगीत संयोजन रहेको छ । गुञ्जन, पर्पल, आर्टो म्युज रेर्कडिङ स्टुडियोमा रेकर्ड भएका यि गीतहरु हलिउडको प्याट्रिक विलियम्स स्टुडियोमा मास्टरिङ गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu