चलचित्र ‘सपना तिम्रो मेरो’ बन्ने



sapana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
निर्देशक ऋषीराज आचार्यले चलचित्र ‘सपना तिम्रो मेरो’ बनाउने भएका छन् । चलचित्रको बिहिवार काठमाण्डौको भद्रकाली मन्दिरमा संविधानविद् भिमार्जुन आचार्यले शुभसाइत गरेका हुन् ।

आर.बी. म्यूजिकको ब्यानरमा निर्माण हुन लागेको ‘सपना तिम्रो मेरो’मा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुमन श्रेष्ठ, रविन मगरको साथमा नव कलाकार जान्वी बोहराको अभिनय रहेनछ । छायांकन पनि बिहिवारबाट सुरु भएको छ ।

काठमाण्डौ, जिरी, पोखरा, चरिकोट लगायतका स्थानमा छायांकन हुने सिनेमामा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको संगीत रहनेछ । चलचित्रलाइ त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिने निर्देशक आचार्यको भनाई छ । चलचित्रले सबैलाई माया गर्न सिकाउने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu