रेखाको मन किन अमेरिका तिर ?



rekha-thapa-us

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
एक साताअघि आफ्नी आमासंग नायिका रेखा थापा अमेरिका भ्रमणमा गइन् । भ्रमणका क्रममा अमेरिकाबाट उनले आफ्नो फेसबुकमा घुमघामका रमाइला तस्विरहरु पनि सार्वजनिक गरिन् । आफुले बनाएको बहुप्रतिक्षित चलचित्र ‘हिम्मतवाली’ लाई प्रमोशन गर्न छाडेर अमेरिका पुगेपछि कतै रेखाले कम ध्यान दिएको पो हो की भन्ने चर्चा पनि गसिप बजारमा नभएको होइन् ।

तर आइतवार (भदौ २२) नेपाल फर्किएकी रेखाले व्यत्तिगत एवं व्यवसायिक भ्रमणमा अमेरिका पुगेको जनाउँदै अब पुरा समय ‘हिम्मतवाली’ लाई दिने बताएपछि त्यो चर्चा सकिएको छ । आउँदो असोज १ गते फिल्म ‘हिम्मतवाली’ को ग्रान्ड प्रेस शो गर्ने जानकारी दिंदै रेखाले भनिन्, ‘अब पुरै ध्यान हिम्मतवाली प्रचार प्रसारमा दिन्छु ।’

आफुले अमेरिकामा व्यवसाय सञ्चालनको केही योजना बनाइरहेको पनि रेखाले बताइन् । व्यवसायका विषयमा उनले सबै कुरा भने खोल्न चाहिनन् । भनिन्– ‘अरु कुरा पछि सार्वजनिक गरौँला । ’ रेखासँगै अमेरिका उडेकी आमा सरस्वती थापा भने फिल्म ‘हिम्मतवाली’ को शो सञ्चालन गर्न केही महिनाको लागि त्यहाँ नै बसेकी छिन् ।

असोज १५ गते फूलपाती रिलिजको फिल्म ‘हिम्मतवाली’ मा रेखा स्वयम्को शिर्ष भूमिका छ । दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हिम्तवाला सुदर्शन गौतमाको रेखासँगै फिल्ममा मुख्य भूमिका छ । सुदर्शन पनि रेखासँगै अमेरिका गएर सँगै नेपाल फर्किएका छन् ।

हिम्मतवाला सुदर्शन र रेखाका कारण ‘हिम्मतवाली’ फूलपातीसम्म प्रतिक्षित बनेको छ । फिल्मको गीत संगीत एवं प्रोमोले अहिले चर्चा बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu