निर्माता बने डिनेश डि.सी., होम प्रोडक्शनको पहिलो चलचित्र निर्देशन पनि आँफै गर्दै



Fulai-Fulako-Mausam-Timilai-5

अनिल यादव, काठमाण्डौ ।
‘विगत २१ वर्षदेखि मैले कलाकारिता क्षेत्रमा लागेर कमाएको पैसा यसमा लगाएको छु’, निर्देशक समाजका अध्यक्ष दिनेश डि.सी. भन्दै थिए– ‘यसकारण यो चलचित्र मेरो लागी महत्वपूर्ण छ ।’ ‘मायाज बार’, ‘६ एकान ६’ जस्ता हिट चलचित्रहरु निर्देशन गरिसकेका डि.सी. अब निर्माता बनेका छन् ।

सोमवार राजधानीमा ‘फूलै फूलैको मौसम तिमीलाई’ नामक चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गर्दै डि.सी.ले आफ्नो जीवनभरको कमाईले चलचित्र बनाउन लागेको बताएका हुन् । ‘अरुले निर्माण गरेका धेरै चलचित्रहरु मैले बनाए तर आज ति सबैको कमाई यसमा खर्चिदै छु’, डि.सीले भने– ‘अब सोच्नुस् कस्तो बनाउँछु होला ।’

Fulai-Fulako-Mausam-Timilai-1

होम प्रोडक्शन ‘द दिनेश डिसी प्रोडक्सन’ को ब्यानरमा चलचित्र बन्ने पनि कार्यक्रममा जानकारी दिइयो । प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो पहिलो चलचित्र हुनेछ ।

डि.सी.को आफ्नै कथा र निर्देशन रहने यस चलचित्रका छायांकन यही असोज १ गतेबाट हुने बताइएको छ । चलचित्रमा नायिका निता ढुंगानासँगै आमेश भण्डारीको मुख्य भुमिका रहनेछ । आमेश यसै चलचित्रमार्फत नायकका रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा नेपालका चर्चित कलाकारहरु राजेश हमाल, करिष्मा मानन्धर, निर शाह लगायतको विशेष उपस्थिती रहने पनि जानकारी दिइयो ।

Fulai-Fulako-Mausam-Timilai-2

कार्यक्रममा डि.सी.ले आफ्नी श्रीमतीलाई सभापती बनाएका थिए । रातो फुल दिदै उनले श्रीमतीलाई पत्रकारसामु चुम्बन पनि गरे । नवनायक आमेश पनि नितालाई फुल दिँदै ‘फूलै फूलको मौसम तिमीलाई’ भन्दा कार्यक्रमलाई रमाइलो बनाइदिएका थिए ।

चलचित्रको शुभ साइतमा सभासदद्वय गोकर्ण विष्ट र टोपबहादुर रायमाझी साथै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चलचित्रको सफलताको कामना गरेका थिए ।

Fulai-Fulako-Mausam-Timilai-4

चलचित्रमा सुरेश अधिकारी, अमुल कार्की र एलिस कार्कीको संगीत, एन बि. महर्जनको द्धन्द र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । रामजी लामिछाने र नरेशवीरले नृत्य निर्देशन गर्ने यस चलचित्रका गीतमा चर्चित गायक राजेश पायल राई, गायिका वानिका प्रधान र डि.सी आफैको स्वर दिने भएका छन् । चलचित्रमा जगदिश्वर थापाको पटकथा रहेको छ ।
Fulai-Fulako-Mausam-Timilai-3

आगामी वर्षको वैशाख ११ गते चलचित्र प्रदर्शन गर्ने निर्माण पक्षले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu