तस्विर र अडियोमा ‘श्री ५ अम्बरे’



ambare1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बहुप्रतिक्षित नेपाली चलचित्र ‘श्री ५ अम्बरे’ को साउण्ड क्लाउडमा अडियो गीत र केही तस्विरहरु सार्वजनिक भएका छन् ।

यहा क्लिक गरी गीत सुन्नुहोस्ः

नेपालमा राजा हटेको लामो समय बितिसक्दा पनि व्यक्ति र समाजमा राजा बन्ने प्रवृति कायमै रहेको छ भन्ने विषयलाई देखाउन खोजेको यस चलचित्रलाई ‘अन्तराल’ की निर्देशक दिपा बस्नेतले निर्देशन गरेकी हुन् ।

ambare2

यो चलचित्रले राजतन्त्रसँग कुनै पनि साईनो नजोड्ने निर्देशक दिपाले बताईन् । ‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ambare3

‘हाम्रो समाजमा हरेक ठाउँ, हरेक गल्लीमा कतै न कतै कोही न कोहीमा ति ठाउँको आफु राजा हुँ भन्ने आभास हुन्छ, यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा हो “श्री ५ अम्बरे”’ निर्देशक दिपाले बताइन् ।

ambare4
दिपक आचार्य र टि.एन. आचार्यले निर्माण गरेको यो चलचित्र मंसिर ०५ गते रिलिज हँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu