चलचित्रमा बहस सृजना गर्न ‘मण्डे मुभिज’ शुरु हुँदै



monday-movie

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्रको प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्ने उद्देश्यका साथ अब हरेक सोमबार मण्डला थिएटरमा ‘मण्डे मुभिज’ शुरु हुने भएको छ । ‘मण्डे मुभिज’ चलचित्र क्षेत्रको एक अन्तरक्रियात्मक थलो रहने छ जहाँ चलचित्र प्रदर्शन गरिन्छ र समिक्षा पनि ।

समिक्षक समाज, मण्डला थिएटर र इन्डीजिनियस फिल्म आर्काइभको संयुक्त आयोजनामा शुरु हुन लागेको यो कार्यक्रमको उद्घाटन आगामी भदौ २३ सोमबारका दिन अपरान्ह ४:४५ बजेबाट हुँदैछ ।

कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्पारो’ प्रर्दशन गरिने बताइएको छ । इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको यो चलचित्र करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो ।

यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो ।

दोस्रो चरणमा फिल्म प्रदर्शन लगत्तै फिल्मका विभिन्न पक्षमाथि समेत अन्तरक्रिया सञ्चालन गरिनेछ । इरानी फिल्म समिक्षक र फिल्म मेकर कोमिइल सोहेइली र निर्देशक निश्चल बस्नेतले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउँदैछन् ।

स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले मन्डे मुभिज् क्लबलाई संञ्चालन गर्नेछन् । फिल्मसम्बन्धी व्यक्तिहरुलाई सदस्यता प्रदान गरेर फिल्मसम्बन्धी बहस गराउने योजनामा मन्डे मुभिज क्लब लागिपरेको छ ।

‘मन्डे मुभिजमा फिल्मका सबै पक्षबारे छलफल हुन्छन् । ‘इरानी फिल्म प्रदर्शनबाट शुरु हुने यो कार्यक्रममा चलचित्र क्षेत्रको विषयमा छलफल हुने हुँदा यस क्षेत्रमा लाग्नेहरुलाई यो कार्यक्रम महत्वपुर्ण हुनेछ’, आयोजककी स्मृति ढुंगानाले भनिन् । उनले एक महिना एउटा निर्देशकको फिल्महरुमाथि कुराकानी हुने पनि जानकारी दिइन् । ‘ फिल्ममा प्रयोग भएका प्रवधि, कथा, अभिनय र निदेशकिय पक्षमाथि केन्द्रित हुनेछौं,’ उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu