अब ‘होस्टेल रिर्टन्स्’को पालो !



hestel-returns

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘होस्टेल’ को अपार सफलतापछि अब ‘होस्टेल रिर्टन्स्’ निर्माण हुने भएको छ । यसअघि ‘सायद’ र ‘होस्टेल’ जस्ता हिट सिनेमा निर्माण गरेको दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटन्स्’ निर्माणको घोषणा गरेको हो ।

‘टीनएज ड्रामा’ शैलीमा बन्ने फिल्मको छायांकन असोज २१ देखि सुरु हुने भएको छ । सुनिल रावल निर्माता रहेको सिनेमालाई सुरज भुषालले निर्देशन गर्दैछन् ।

यसअघि ‘म्युट ड्रामा’ मौनबाट चर्चा बटुलेका भुषालले सन्तोष लम्सालसँग मिलेर पटकथा लेखेका हुन् । बुटवलमा छायांकन गरिने फिल्मका चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ कलाकार रहने जानकारी दिइएको छ।

यस चलचित्रमा अघिल्लो सिनेमा होस्टेलको कथा, पात्र र कलाकार नदोहोरिएको बताइएको छ । होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने सिनेमामा स्याडोज् ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ ।

चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले धमाधम कार्यशाला भैरहेको छ । दुर्गिश फिल्मसले यसअघि निर्माणको घोषणा गरेको सिनेमा ‘लभ नम्बर’ को छायांकन भने स्थगित भएको छ । आउँदो जेठ तथा असारमा छायांकन हुने लभ नम्बर दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu