जन्मदिनमा सुदर्शनलाई चलचित्र उपहार



sudarshan1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कलाकारको जन्मदिनमा कार, घडी देखि विभिन्न बहुमुल्य सामग्री उपहार दिइएको त धेरै सुनियो । तर निर्देशक तथा अभिनेता सुर्दशन थापाले चलचित्र निर्देशन र अभिनयको उपहार पाएका छन् ।

सुर्दशनको मुख्य अभिनय रहेको चलचित्र ‘अझै पनि’ रिलिज हुन नपाउँदै नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले उनलाई नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिएको छ । ‘अझै पनि’ फागुन १५ मा रिलिज हुँदैछ । अझै पनि लाई निर्मात्री पुनम क्षेत्री गौतमसँगको सहकार्यतामा सुदर्शनले पनि लगानी गरेका छन् । त्यस्तै सुदर्शनको अभिनयमा डेब्यू चलचित्र केहि दृश्य खिचिएको ‘लम्फू’को पनि छायांकन पुरा भएको छैन ।

३२औँ जन्मदिनको अवसर पारेर आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन सेन ठकुरीले थापालाई सरप्राईज स्वरुप पहिलो फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन् ।

sudarshan2

‘पहिलो प्रोजेक्ट सुर्दशन जीसँग गर्ने ईच्छा थियो त्यसैले जन्मदिनको मौका पारेर उहाँलाई गिफ्ट स्वरुप हामीले फिल्म निर्देशनको जिम्मवारी दिएका हौ’, कम्पनी अध्यक्ष सेनले भने । जिम्मेवारी दिइएको चलचित्रको नाम अहिले सार्वजनिक गरिएको छैन । यद्यपी उक्त चलचित्र कमेडी रहने र सुर्दशन आफै चलचित्रमा नायक रहने बताइएको छ ।

‘मैले मेरो करिअरमा पाएको सबैभन्दा ठूलो उपहार भनेकै यो उपहार हो, त्यसैले पूर्ण मिहिनेतका साथ उहाँहरुले दिएको सम्मानलाई काममा परिणत गरेर देखाउने छु’, थापाले केक काट्ने क्रममा वचन दिए । चलचित्र आगामी तिहार पछि फ्लोरमा जाने बताइएको छ । चलचित्रमा नायिका पुजा शर्मा रहनेछिन् ।

उक्त चलचित्रमा सिनेमाटोग्राफर राजेश श्रेष्ठ, लेखक रामशरण पाठक र चिफ असिस्टेन्ट बसन्त अधिकारी रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu