बान्द्रेको स्कूल कस्तो होला ?



bandre1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मेरी बास्सैमा ८ वर्षसम्म ‘बान्द्रे’को भूमिकामा रहेर ख्याती कमाएका सुरज चापागाईँ ठुलोपर्दाका निर्देशक बनेका छन् । स्कुलमा हुने राम्रा तथा नराम्रा पक्षहरुलाई समेटेर उनले चलचित्र ‘मेरो स्कुल’ निर्देशन गर्दै आफ्नो कार्यदक्षतालाई उचाई दिएका छन् ।

सुरजले यो चलचित्र आँफैले अभिनय समेत गरेका छन् । चलचित्र हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको छ । यसअघि अभिनयको साथमा सिस्नुपानी, लोड सेडिंग, गाडी नम्बर ४२०, शेरेको सुर जस्ता टेलिचलचित्रको निर्देशनको अनुभव सँगालेका सुरजले ‘मेरो स्कुल’ले विद्यार्थी जीवनका थुप्रै भोगाईहरु प्रस्तुत गर्ने बताए ।

bandre2

यस चलचित्रमा शिक्षक, विद्यार्थी तथा एन प्याब्सन र प्याब्सनका प्रतिनिधिहरुलाई पनि अभिनय गराईएको छ ।  चलचित्रमा सुरबीर पण्डित, राजु कमेडी, सरिता ओली, राजेशनाथ(टुप्पी), लिलामणि पौडेल, रेशम बुढाथोकी, निरु खड्का, पल्पसा डंगोल लगाएतको अभिनय छ । सुरज चापागाईँको कथा लाई अबतार कँडेल र दिपक आचार्यले पटकथा लेखेका हुन् भने संवाद अवतार कँडेलको रहेको छ । सुरेश शाहीको संगीत रहेको चलचित्र लाई बिरेन्द्र भाट ‘बिपिन’ले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu