ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालको सबैभन्दा ठूलो दावी गरिएको सांगीतिक रियालिटि शो ‘नेपाली तारा ३’को अडिसन राउण्ड मंगलवारदेखी धरानबाट शुरु भएको छ । सो सांगीतिक रियालिटि शोले नेपालभरिबाट गायक प्रतियोगीहरु खोज्नेछ, जसले काठमाण्डौमा हुने प्रतियोगीताको अन्तिम चरणमा भाग लिनेछन् ।
धरानको अडिसनका लागि आएका ९४३ प्रतियोगीहरु मध्ये २२ जना (१४ पुरुष ८ महिला) ले प्रतियोगीताको दोस्रो चरणमा गाउने मौका पाएका छन् । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीत कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालका साथै मुख्य जजकारुपमा थिए भने दोस्रो संकरणका विजेता सन्तोष लामा र पहिलो सँस्करणका रनर-अप धर्वेन्द्र सेवान कार्यक्रमका प्रस्तोता थिए ।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५१,००० नगद पुरस्कार र नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन्, जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्यकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् ।
अन्तिम २० प्रतियोगिहरुले मुख्य साझेदारहरु द्वारा म्युजिक, स्टाइल र पर्सन्यालिटि विकाश गर्ने मौका पाउनेछन् । विजेताले अष्टे्रलिया ट्रीपमा जान र सिड्नी र मेल्वर्नमा कन्सर्ट गर्ने मौका पाउने छ । यो गायन प्रतिभा खोजिको तेस्रो संस्करणका विजेताहरुले समग्रमा करिब रु.२५ लाख वरावरको पुरस्कार जित्न सक्नेछन् ।
कोका-कोला प्रमुख प्रायोजक रहेको ‘नेपाली तारा ३’ मा डिसहोम र मास्टरपीसले सहकार्य गरेका छन् ।