नेतालाई खबरदारी गर्दै कलाकार खुल्लामञ्चमा



shiba-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली जनताको लागि नेताहरुले केही गर्न सकेनन भन्ने आवाज जताततैबाट उठ्ने गरेको छ । कलाकारहरु पनि यस्तै आवाजका गीत गाउँदै खुल्लामञ्चमा भेला भएका छन् । नेपाली लोक गीतसंगीतका १० जना सफल गायक-गायिकाहरु पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्रि पंगेनी, रामजी खाँड, कुलेन्द्र बि.क., खुमन अधिकारी, पुस्कल शर्मा, प्रकाश सपुत बि.क. तथा जुना श्रीस मगर र शान्ति श्री परियार खुलामञ्चमा देखिएका हुन् ।

shiba-2

उनिहरु कुनै राजनीतिक कार्यक्रमको लागि नभई माथी उल्लेखित गायक-गायिकाले संयुक्त गाएको गीत ‘खोइ हाम्रो दिलमा त घामै लाएन’को शुटिंगको लागि उनिहरु जम्मा भएका हुन् । उक्त गीतलाई विगत एक दशक देखि गीतसंगीतमा कलम चलाउदै आएका गीतकार तथा संगीतकार शिब सुवेदीले तयार पारेका हुन् ।

shiba-3

सँधै माया प्रितिका गीत गाउनु भन्दा देशको अबस्थाको बारेमा चेतना जगाउने र गलत सँस्कारलाई खबरदारी गर्ने गीत गाउँदा भिन्नै प्रकारको आनन्द आउने गायक पशुपति शर्माले बताए । जनताका गायकको रुपमा आफ्नो छुट्टै परिचय बनाइसकेका गायक बद्रि पंगेनीले पनि यो गीतले साँच्चिकै जनताको आवाज बोलेको बताए ।

shiba-4

प्रकाश भट्टको निर्देशनमा तयार भएको म्युजिक भिडियो अब केही दिनमा पुष्पान्जली म्युजिक मार्फत बजारमा आउँदै छ ।

shiba-5

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu