बिजुली हेर्न डान्स बार पुगे अनिता र सुवास (भिडियो)



bijuli

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ऋषि लामिछाने निर्देशित चलचित्र ‘सरी ल’को आईटम गीत र ‘ट्रेलर’ एकसाथ सार्वजनिक गरिएको छ । कार्तिक २१ लाई प्रदर्शनको मिति तय गरेको चलचित्रको सार्वजनिक आइटम गीतमा मोडल ऐनी कुवँरले ‘बिजुली न मेरो चाल सराबी’ भन्दै कम्मर मर्काएकी छिन् ।

इन्दिरा जोशीले स्वर दिएको गीतमा शब्द संगीत शैलेन्द्र श्रेष्ठको रहेको छ भने कोरियोग्राफी बब्बु थापाको छ । चलचित्रलाई रामशरण उप्रेतिले खिचेका हुन् । सुवास थापा, अनिता आचार्य, राजन खतिवडा, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र अञ्जु केसिको प्रस्तुती कथा कृष्ण बहादुर महर्जनको लगानिमा तयार भएको हो ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको ‘सरी ल’को सार्वजनिक ट्रेलरमा चलचित्रमा प्रेम तथा द्वन्द्वका बिभिन्न पाटोहरुलाई देखाईएको छ । चलचित्रमा द्धन्द रोशन श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu