लण्डनमा ‘झोले’को सफलता



london

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लण्डनस्थित वुलविच ग्राण्ड थिएटरमा प्रदर्शन गरिएको डार्क कमेडी चलचित्र ‘झोले’ हेर्न दर्शकले उल्लेख्य उपस्थिती जनाएका छन् । केहि दिन पहिले गरिएको ‘झोले’को सो पुर्णतः हाउसफुल बनेको जानकारीमा छ ।

नेपालबाट चलचित्र लिएर निर्देशक तथा वितरण संस्था दर्शना आर्ट्स का सिईओ सुरेशदर्पण लण्डन पुगे थिए । ‘झोले’ लाई लण्डनमा के. के. मुभिज प्रोडक्सनले कपिलवस्तु समाजको सहकार्यमा प्रदर्शन गरेको हो ।

चलचित्र प्रदर्शनीमा विशेष गरी ‘श्री ५ विरेन्द्र फुटबल क्लब यूके’, विकेश बस्नेत, रमा लामिछाने, कृष्ण सुवेदी, दिपक गुरुङ लगायतले सहयोग गरेका आयोजकले बताएको छ ।

चलचित्रलाई लण्डनका विभिन्न शहरमा प्रर्दशन गरिने कार्यक्रम रहेको आयोजकले बताएको छ । दिपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा दयाहाङ राई, ए गुरुङ र प्रियंका कार्की लिड रोलमा छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu