चकलेटः पुजनाको लगानि निर्मलको एकशन-कट



chocolate

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अभिनेत्री पूजना स्त्रीको निर्माणमा बन्न लागेको चलचित्र ‘चकलेट’को औपचारिक रुपमा निर्माण घोषणा भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक घोषणा गरियो । चलचित्रलाई हाँस्य कलाकार निर्मल शर्माले निर्देशन गर्दैछन् ।

पुजनाकै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र ‘चक्लेट’मा खुशी गुरुङ, प्रीतिमाया गुरुङ र केशव तामाङको पनि लगानी रहने छ । सडक वालवालिकाहरुको कहानी समेटेर तयार हुन लागेको यो चलचित्रको कथा पनि चलचित्रको कथा पनि अभिनेत्री पुजनाकै हो ।

चलचित्रमा पुजनासँगै आयुष्मान घिमिरे, मनोज शाक्य, नम्रता झा, केशव भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र ‘चकलेट’ आउँदो भदौ १३ बाट फ्लोरमा जाने निर्माण युनिटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu