ओस्कार अवार्डलाई नेपालबाट ‘झोला’ सिफारिस



 

jhola-article

सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ ८७ औँ संस्करणको ओस्कार अवार्डको लागी छनोट भएको छ । विदेशी भाषी सर्बोत्कृष्ट चलचित्र छनोट समिति नेपालले एक बिज्ञप्ती मार्फत ‘झोला’लाई ओस्कारमा पठाउने निर्णय भएको जानकारी गराएको हो ।

छनोट समिती सचिव चिरञ्जिबी गुरागाईं द्वारा जारी गरिएको बिज्ञप्तीमा चलचित्र हेरिसकेपछी ‘झोला’बाट ओस्कार अवार्डको लागी आवश्यक मापदण्ड पुरा भएको भन्दै आउँदो २०१५ फेब्रुवरी २२ तारिखमा हुने ओस्कारको लागी नेपालबाट ‘झोला’ छानिएको उल्लेख छ । यो प्रतिष्पर्धामा अर्को चलचित्र ‘मोक्ष’ पनि थियो । चलचित्रले अब ओस्कारमा विदेशी भाषी चलचित्रको लागी प्रतिष्पर्धा गर्नेछ ।

नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेको’ झोला’ सतिप्रथामा आधारित चललित्र हो । राज तिमिल्सेना, मालती शाह र सुशिल शाहको लगानी रहेको यो चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका छन्, जहाँ गरिमा पन्त लिड रोलमा छिन् । अब ओस्कारमा चलचित्रले बिदेशी भाषी विधाको लागी प्रतिष्पर्धा गर्नेछ ।
‘ठुलोपर्दा डटकम’को तर्फबाट चलचित्र ‘झोला’ युनिटलाई बधाई, तथा अवार्ड प्रतिपर्धाको लागी शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu