‘झोला’ र ‘मोक्ष’ प्रतिष्पर्धामा, कसले भेट्ला ओस्कारको ढोका ?



jhola-mokshya

बैकुण्ठराज पराजुली ।
विश्वभरका फिल्मकर्मीहरुको लागी सर्वोच्च अवार्ड मानिने ‘ओस्कार अवार्ड’को नोमिनिजहरु फाईनल हुने क्रम चलिरहँदा नेपाली रजतपटमा पनि यसको प्रभाव राम्रै परेको छ । सुरुमा नै अवार्ड जित्नुसम्म सोच्नुभन्दा पनि सहभागी हुन पाउनुलाई नै ‘गर्व’ गर्नु पर्ने अवस्थामा सवैतिर ‘ओस्कार’को चर्चा बढ्नु स्वभविक पनि हो । यहाँ प्रशंग छ, नेपालबाट ‘ओस्कार’मा सहभागी हुने चलचित्र छनोटको सरगर्मी ।

८७ औं संस्करणसम्म आईपुगेको यो पटकको ‘ओस्कार अवार्ड’मा नेपाल बाट दुई चलचित्र ‘मोक्ष’ र ‘झोला’मध्ये एक सहभागी हुने पक्का भए पनि यो समाचार तयार गर्दाको समयसम्म निर्णय भईसकेको छैन् । त्यसो त आउँदो अक्टुवर १ तारिखसम्म नेपालबाट सहभागी हुने एक चलचित्रको नाम पठाईसक्नुपर्ने छ ।
चलचित्रको हरेक पक्षबाट शुक्ष्म अध्ययन पछी बिधी र ‘ओस्कार’को नियमका आधारमा ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले यी दुई मध्ये एक चलचित्रलाई ओस्कार अवार्डमा सहभागिताको लागी ढोका खोलिदिनेछ ।

८७ औं ओस्कार अवार्डमा सहभागीताको लागी  फिल्म दर्ताको लागी आह्वान गरेकोमा ‘झोला’ र ‘मोक्ष’ दर्ता भएका हुन् । दर्ता भएका यि दुई चलचित्र मध्येबाट विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले एकलाई ओस्कारमा सहभागीताको लागी सिफारिस गर्नेछ ।

ओस्कारमा छनोटको लागी प्रतिष्पर्धा गरिरहँदा ‘झोला’ र ‘मोक्ष’ चलचित्रबीच अर्को गतिलो संयोग पनि मिलेको छ, त्यो हो, यी दुई चलचित्रको रिलिज प्रतिष्पर्धा । गत वर्षको माघ २४ गते एकसाथ रिलिज भएर संगै प्रतिष्पर्धा गरेका यी दुई चलचित्रबीच नै अहिले आएर ओस्कारमा छनोटको लागी पनि प्रतिष्पर्धामा पर्नुमा धेरैले पुनः ‘माघ २४’ दोहोरिएको समेत भनेका छन् ।

त्यसो त चलचित्र संगै प्रदर्शनमा आएर कमर्सियल हिसाबले ‘झोला’ सफल बन्यो ‘मोक्ष’ले राम्रो व्यापारिक सफलता हात पार्न सकेन आफ्नो ठाउँमा छ, तर कथागत हिसावले अनि बिषयगत हिसाबले दुबै चलचित्र निकै उत्कृष्ट बनेको सत्य हो, होईन थियो भने आज विश्वको सर्वोच्च फिल्म अवार्डमा सहभागिताको लागी पक्का भिड्ने थिएनन् होला । रिलिजको मिति पुर्व नै गरिएका प्रिमियर तथा च्यारिटीबाट ‘वाही वाही’ बटुलेका यी दुई चलचित्र हेर्ने कसैले पनि कुनै ठाउँमा खोट भेटेनन्, अझ समिक्षकहरुले ‘मोक्ष’लाई पछिल्लो २० वर्षयताकै उत्कृष्ट कथामा चलचित्र बनेको पनि भने ।

‘झोला’ले सय वर्ष पहिलेको नेपाली समाजमा कुरीतिको रुपमा रहेको ‘सति प्रथा’को कथा बोलेको छ, त्यसो त धेरै पाठकहरुले मन पराएको साहितयकार कृष्ण धारावासीको कृति ‘झोला’को कथामा नै चलचित्र बनेको हो, त्यसैले कथा ‘हिट’ भएकोले चलचित्र पनि ‘हिट’ भयो भन्नेहरु पनि यदाकदा छन, तर यती मात्र पनि नहोला किनकी, कथा उत्कृष्ट भएर पनि प्रस्तुतीकरण ‘झुर’ भएकै कारण ‘फल्प’को ट्याग लागेका धेरै नेपाली चलचित्रहरु हाम्रो अगाडी छन् । त्यसैले उत्कृष्ट कथाको उत्कृष्ट प्रस्तुतीकरणको लागी निर्देशकिय तारिफ भने यादव भट्टराईको गर्नैपर्छ । त्यसैले त हरेक कोणबाट राम्रो भएकोले न यो चलचित्र ओस्कारको लागी ढोका बाहिरसम्म पुगेको छ ।

उता ‘मोक्ष’ चलचित्र एक सांगितिक ब्याण्डको युवकको संगितप्रतिको ‘प्यासन’ अनि मेरुदण्डमा चोट पुगेपछी अपाङ्ग हुनुपर्दाको अवस्था र त्यो अवस्थामा पनि उसको संगित प्रतिको लगावको कथालाई पर्दमा उतारिएको चलचित्र हो । सुरुदेखी अन्त्यसम्म नै दर्शकलाई आँखा घुमाउने अवसर नदिएर कथामा बाँध्न सक्ने बनाएका अनि आफ्नै वास्तविक कथा पर्दामा उतारेका प्रविण श्रेष्ठको निर्देशनमा तयार यो चलचित्र कस्तो बनेको भन्ने कुरा पनि यहाँसम्मको यात्राले नै बताईसकेको छ ।

‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस’ले नेपालमा गठित ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति’लाई तोकिएको मापदण्ड पुरा भएको एक चलचित्र सिफारिसको लागी पत्र लेख्ने गरेको छ ।  तर नेपालमा उत्कृष्ट बनेको भनेर ओस्कार अवार्ड नै हत्याउन सक्छ भन्ने भने हुँदैन, किनकी ओस्कार अवार्ड हात पार्न उत्कृष्ट मध्ये पनि उत्कृष्ट हुनैपर्छ ।

अहिले चलचित्र विकास वोर्डको हलमा चलचित्र हेर्ने कार्य भईरहेको छनोट समितीले बताएको छ । समितिका पदाधीकारीहरुदेखी विकास वोर्डका प्रतिनिधीहरुको टोलीले चलचित्र हेरिसकेपछीको मुल्यांकनको आधारमा ओस्कारको लागी छनोट हुने चलचित्रको टुंगो लाग्नेछ ।

चलचित्रहरु ओस्कारमा सहभागिताको लागी खास प्रावधान के छ त ? ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिती संयोजक विमल पौडेल भन्छन्, यो हामीमा भर पर्ने कुरा होईन् सबै ओस्कारको जे नियम छ त्यसमा नै भर पर्ने कुरा हो, उल्लेखित ‘क्राईट एरिया’ पुरा गरेको चलचित्र नै छनोट हुन्छ ।

संयोजक पौडेलले वुधवार भित्रै ओस्कारमा प्रतिष्पर्धाको लागी जाने एक चलचित्रको नाम ‘फाईनल’ भईसक्ने बताए । जुन चलचित्र ‘सहभागी’ हुँदा पनि नेपाल र नेपाली चलचित्र उधोगको लागी हालसम्म ओस्कारमा पुग्नु नै गर्वको कुरा छ ।

किनकी नेपाली चलचित्रहरु आफ्नै घरसम्म मात्रै सिमित रहेको आरोप लागिरहँदा ओस्कारमा सहभागी मात्र हुनुले पनि हाम्रो परिचय अनि पहिचानलाई फराकिलो पार्न ठुलो महत्व राख्दछ । विश्व सिने बजारमा हलिउड र वलिउडको हाली-मुहाली चलिरहँदा सानो बजार रहेको नेपाली चलचित्रहरु पनि उनीहरुसँग नै प्रतिष्पर्धाको लागी अगाडी पुग्नु सानो सफलता पक्का होईन् ।

नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेको’ झोला’ सतिप्रथामा आधारित चललित्र हो । राज तिमिल्सेना, मालती शाह र सुशिल शाहको लगानी रहेको यो चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका छन्, जहाँ गरिमा पन्त लिड रोलमा छिन् ।

त्यस्तै, सुनिल मानन्धरले निर्माण गरेको ‘मोक्ष’मा प्रविण श्रेष्ठको निर्देशन छ, क्रिटिक्सबाट राम्रो प्रतिक्रिया पाएको यो चलचित्रमा बेनिशा हमाल र कोशिस क्षेत्री लिड रोलमा छन् ।

‘झोला’ या ‘मोक्ष’ जुन चलचित्र ओस्कारमा सहभागि भए पनि नेपाली चलचित्र हुन्, हाम्रा चलचित्र हुन, भन्ने ठानौँ उदार दिलले सफलताको कामना पनि गरौँ, दुबै चलचित्रलाई ओस्कार छनोटको लागी अनि अवार्ड प्रतिपर्धाको लागी पनि अग्रीम शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu