अहिले हल पुगेका दर्शकले ‘निशानी’ पनि हेर्ने बिश्वास



prashant

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्र ‘निशानी’ युनिट यतिबेला प्रचार प्रसारको नयाँ रणनीतिका साथ दर्शकमाझ पुग्ने तयारीमा छ । चलचित्र भदौ २७ मा दर्शकमाझ आउँदैछ । केहि दिन पहिला मात्रै पोखरा तथा धरानमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केको यो चलचित्रको टिम विहिवार मात्रै काभ्रेमा आयोजित ‘तीज क्विन २०७१’ मा समेत सहभागी भयो, जहाँ चलचित्रकी मुख्य अभिनेत्री अनु गुरुङ निर्णायकको भुमिकामा समेत उपस्थित थिईन् ।

पछिल्लो समय प्रदर्शनमा आएका केहि नेपाली चलचित्रले नेपाली चलचित्रको पनि राम्रो बजार छ भन्ने उदाहरण पस्केका छन् । निशानी निर्देशक विनोद सेरेङले ठुलोपर्दालाई भने, ‘हामीले पनि आफ्नो ठाउँबाट राम्रो चलचित्र बनाएका छौँ, चलचित्रको बारेमा राम्रो सन्देश दर्शकमाझ पुर्याएर तिनै दर्शकलाई पुनः ‘निशानी’ हेर्न हलसम्म पुर्याउने लक्ष्य हाम्रो छ।’

सिक्किम, लमजुङको घलेगाउँ, ईलाम लगायतका पर्यटकिय अनि रमणिय स्थलहरुका दृश्यहरु समेटिएको यो चलचित्रमा प्रशान्त तामाङ, अनु गुरुङ, विष्णु चेम्जोङ लिड रोलमा छन् भने भने सिरु बिष्ट, प्रेम सुब्बा, सुरज रानाभाट, कोपिला थापा, विकास खड्का, अस्मी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रले सेनामा भर्ति भएर ‘कार्गिल’को युद्धमा सहभागी भएको वीर नेपालीको कहानीलाई समेटेको छ ।

मौलिक कथामा आधारित चलचित्र रहेकोले पनि नेपाली दर्शकको मन जित्नेमा आशावादी रहेको निर्माण युनिटको दाबी छ । यथार्थ कथामा आधारित रहेको अनि पुर्णतः मनोरञ्जनको खुराक समेटेकोले चलचित्र हरेक कोणबाट उत्कृष्ट बनेको पनि निर्देशक बिनोदको दावी छ । प्रेम सुब्बा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता सरोज भण्डारी हुन् । युवराज राईले खिचेको यो चलचित्रमा नृत्य गोविन्द राई र शिव शर्माको रहेको छ भने सम्पादन बिपिन मल्लको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu