राजधानीको केन्द्र बागबजारमा खुल्यो अत्याधुनिक सिनेमा हल



ct-max

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यदि तपाई राजधानीको व्यापारिक केन्द्रका रुपमा परिचित बागबजार वरिपरि बस्नुहुन्छ र सिनेमा हेर्नका लागी टाढा जाने गर्नुहुन्छ भने तपाईको लागी खुशीको खबर हुनसक्छ । बागबजारमै अत्याधुनिक प्रविधी सहितको चलचित्र हल खुलेको छ । सिटी म्याक्स नामक उक्त हल शनिवारबाट संचालनमा आएको छ, जसको शनिवार नै औपचारिक उद्घाटन भएको छ ।

म्याक्स इन्टरटेन्मेन्ट प्रा.लि.ले संचालनमा ल्याएको उक्त सिनेमा भवनमा दुई हलहरु रहेको छ । ‘एक निर्माणाधिन रहेकोले हाल एक हलमात्र संचालनमा हुनेछ’, हलका म्यानेजिङ डाइरेक्टर देवेन्द्र खड्गीले उद्घाटन कार्यक्रमा जानकारी दिए । सञ्चालनमा रहेको अडिटरियममा १ सय २२ सीट क्षमता रहेको छ जसमा डल्बी सराउण्डेड साउण्ड सिस्टमका साथै थ्री डि प्रविधि र अत्याधुनिक कुर्सीहरु रहेका छन् ।

चलचित्र भवनको औपचारिक शुभारम्भका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरैवता, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय , नेपाल चलचित्र संघका महासचिव मधुसुदन प्रधान, ताण्डवका निर्माता मोहन डोटेल लगायतले हलले नेपाली चलचित्रलाई प्राथमिकता दियोस् भन्दै शुमकामना मन्तव्य राखेका थिए ।

उक्त हलमा हाल नेपाली चलचित्र ‘ताण्डव’ र ‘कोहिनुर’ प्रदर्शनमा रहेका छन् । कार्यक्रममा ताण्डव चलचित्र यूनिट, सिटी म्याक्स चलचित्र भवन र कोहिनूर यूनिटले संयूक्त रुपमा हलमा संकलन हुने यो पहिलो साताको कूल ग्रस रकमको २० प्रतिशत चलचित्र पत्रकार संघलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने घोषणा समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu