‘बाजीराव मस्तानी’मा अहिले रणवीर सिंहले मूख्य भूमिका निभाईरहेका छन्, जुन पहिले अजय देवगणलाई दिईएको थियो । तर, अजयले सञ्जय लीला भंसालीको अनुरोध इन्कार गरिदिए । हालै अजयले यसको कारण खुलाएका छन् ।
उनले बताएका छन्, ‘हो मलाई मूख्य भूमिका दिईएको थियो तर मैले भंसालीका कुनै पनि शर्तमा सहमत हुन सकिन’ । अजयका अनुसार सञ्जयले २०० दिन मागेका थिए तर अजयले केहि महिनाभित्रै ‘शिवाय’को निर्देशन गर्नु थियो ।