‘माया तिम्ले सम्झदै गरे, सम्झी-सम्झी रुने काम नगरे’



saroj-gopal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मायालुलाई सम्झिन तर नरुन आग्रह गर्दै अन्ततः यो गीतका गायक तथा संगीतकार सरोज गोपाल बज्राचार्यले यो धर्तीबाट विश्राम लिएका छन् । लामो समयदेखी ‘सुगर’ रोगवाट ग्रसित बज्राचार्यको विहिवार पोखरा–१, बगरस्थित आफ्नै घरमा निधन भएको हो ।

६४ बर्षिय सरोजगोपालले ४० भन्दा धेरै गाएका छन् । सुमधुर स्वरका धनी गायक बज्राचार्य वुधवार रातीसम्म कुनै ठुलो स्वास्थ्य समस्या नदेखिए पनि राती अचेत बनेपछी पुनःहोस् खुलेन र यो संसारबाट विदा भए । उनका सबै गीत रेडियो नेपालमा छन् ।

saroj-gopal1
उनका एक छोरा र एक छोरी छन् । बज्राचार्यकी श्रीमती बाबा राणा पनि गायिका हुन् । उनले पोखराका सञ्चारमाध्यमा समेत काम गरेका थिए ।

‘नक्कलीलाई भगाई लग्यो झिल्केले’, ‘देउराली उकाली चढेर’, ‘मायालुको मोहनी बोली’, ‘दाईको घर कहाँ हो कहाँ’ लगायतका चर्चित लोकगीतबाट उनले श्रोताको मन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu