नेपाली चलचित्रमा महिला निर्माताको नाम राख्न चाहन्छुः पुनम



poonaठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित कष्ट्युम डिजाइनर पूनम क्षेत्री गौतम चलचित्र निर्माणसँगै चर्चामा छिन् । ‘अझै पनि’ नामक चलचित्र बनाउँदै निर्माणमा पाईला अघि बढाएकी पुनम चलचित्रमा भने चलचित्र ‘धन्दा’सँगै प्रवेश गरेकी थिइन् । उनले ‘धन्दा’ लगाएत केहि चलचित्रबाट कष्ट्युम डिजाइनरको रुपमा चलचित्रलाई नजिकबाट नियालेकी उनले नेपाली चलचित्रमा महिलाको पहुँचलाई उकास्ने इच्छालाई पुरा गर्दै लगानी गरेकी हुन् ।

समाजका हरेक पक्षमा महिलाको अतुलनिय सहभागिता रहँदै आएकोमा चलचित्रमा त्यसको अभाव खड्किन नदिने गौतमको दावी छ । आफुले नेपाली चलचित्रमा महिला निर्माताको नाम राख्न चाहेको पुनम बताउँछिन् । आलोक नेम्वाङको निर्देशनमा पुनमले अर्का निर्देशक सुदर्शन थापासँग मिलेर ‘अझै पनि’ चलचित्र बनाएकी हुन् । फागु पुर्णिमामामा रिलिज हुने सो चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम भईरहेको छ ।

‘अझै पनि’मा सुदर्शन थापा र पुजा शर्माको मूख्य भूमिका छ । यी दुई कलाकारसँगै बिजय लामा, बिशाल ढूङ्गाना, सुरक्षा पन्त, रामशरण पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरु अभिनयमा छन् । चलचित्र सामाजिक तथा प्रेमकथामा आधारित छ ।

चलचित्रमा विशेषतः ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा नायक तथा निर्माता सुदर्शन सँगै पुनम गौतमको लगानी छ । चलचित्रमा संगीत भने महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu