‘ताण्डव’ प्रचारमा लाउरेको अश्लिलता (भिडियो)



laure

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘ताण्डव’को OST सार्वजनीक भएको छ । भदौ ६ गते रिलिज हुने यस चलचित्रको OST मा नायक लाउरेले र्‍याप गीत गाएका छन् । चर्चित नेपाली र्‍यापर लाउरेको यो पहिलो चलचित्र हो । सार्वजनिक गीतमा लाउरेले केहि सन्देश दिँदै गर्दा केहि अश्लिल शब्द सुनिन्छन् ।

गीत हेर्नुहोस्:

बेलायती निर्देशक मुर्रे केरको निर्देशनमा स्म्यासिङ एप्पलको व्यानरमा तयार चलचित्र ‘ताण्डव’मा काठमाडौ सहित नेपाल र भारतका सिमावर्ती जिल्लाका दृश्यहरुमा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा व्याप्त तस्करीको कथा रहेको बताईएको छ ।

चलचित्रमा र्यापर आशिष राना ‘लाउरे’ र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा छन् भने अनुप बराल, एलेन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu