श्रीकृष्ण श्रेष्ठको अन्तिम सँस्कार | मृत्युपरान्त सम्मानमा सलामी र राष्ट्रिय झण्डा ओडाईयो



last2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक श्रीकृष्ण श्रेष्ठको मृत्युपरान्त सम्मानमा राष्ट्रिय झण्डा ओडाईएको छ । राष्ट्रिय झण्डा ओडाउँदै प्रहरीको एक टुकडीले अन्तिम सलामीसमेत दिएको छ । सरकारका तर्फबाट सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले पशुपती आर्यघाटमा झण्डा ओडाएका हुन् ।

last3

उनको अन्तिम सँस्कारमा सहभागि हुन कलाकार, राजनेता, पत्रकार लगाएत हजारौँ हजार मानिसको भिड लागेको थियो । श्रीका दाजु रामकृष्णले दागबत्ती दिएका छन् । श्रीको पार्थीव शरीरमा श्रद्दाञ्जली दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा तयारी गरिएता पनि अनियन्त्रित भिडको कारण आर्यघाटमा नै अन्तिम श्रद्दाञ्जली दिईएको थियो ।

last1

एयरपोर्टबाट शव यात्रा गर्दे नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्‍याइएको थियो । शवयात्राका क्रममा समर्थकहरुले ‘हाम्रो श्रीकृष्ण प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । शव ३ वजे नेपाल आइपुगेको भए पनि शवयात्रा साढे ५ वजे मात्र सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu