दक्षिण कोरियामा ‘झोला’ देखाईने



jhola-6

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित साहित्यकार कृष्ण धरावसीको कथामा बनेको चलचित्र ‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने भएको छ ।

झापा मिलन समाज दक्षिण कोरियाले स्थापना गरेको पाथिभरा हाउस संचालनमा सहयोग पुर्‍याउने उद्धेश्यले चलचित्रको प्रदर्शन गर्न लागिएको कार्यक्रमका संयोजक पवन चाम्लिङ राईले जानकारी दिनुभयो । पाथिभरा हाउसले कोरियामा आपत–विपत परेका नेपालीहरुको लागी बस्ने व्यवस्थाका साथै सहयोग पनि उपलब्ध गराउने गरेको छ ।

चलचित्रको पहिलो शो अगष्ट २४ तारिखका दिन जोग्येसा हलमा हुने बताइएको छ । दक्षिण कोरियाका विभिन्न स्थानहरुमा चलचित्र ३ महिनासम्म चल्नेछ ।

‘सत्ती एक कु प्रथामा’ आधारित चलचित्र ‘झोला’ लाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका गरिमा पन्तको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu