विजयरत्न। “दाई, म मरेँ भने मेरो लाश आमा बुबा र दर्शकलाई नदेखाउनु है ?” (सौर्य दैनिक २०६९ मंसीर ११ गते) भन्ने उद्गार पोखेका अभिनेता निर्माता श्रीकृष्ण श्रेष्ठ आज हामी बीच रहेनन् । लोकप्रिय युवा अभिनेता श्रीकृष्ण श्रेष्ठको दुःखद अवसान भएको आजको दिन नेपालको चलचित्र जगतकै सबैभन्दा पीडादायक दिन हो । उनको शुभ चिताउने सबैले उनको निधनको खबर झूठो भई देओस् भन्ने समेत कामना गरे । तर त्यसो भइदिएन । श्रीकृष्ण श्रेष्ठले यो संसारबाट बिदा लिनुभन्दा एकदिन अघि मात्रै उनीद्वारा अभिनीत “कोहिनूर” रिलिज भएको थियो । “कोहिनूर” रिलिज हुनुभन्दा ठीक एक महिना अघिमात्रै श्वेता खड्कासँग उनको विवाह सम्पन्न भएको थियो । श्रीकृष्ण श्रेष्ठको जीवनमा एक महिनाको अन्तरालमा घटेका जीवनका यी महत्वपूर्ण घटनाहरुका सागसागै उनको निधनको यो खबर पनि आउँदा स्तब्ध नहुन को होला । तर दैवको लीला यस्तै रहेछ ।
आजभन्दा करीब २५ वर्ष अगाडि चेतन कार्कीको निर्देशनमा बनेको “भुमरी” बाट आˆनो अभिनय यात्रा अगाडि बढाएका श्रीकृष्ण श्रेष्ठ आफैले निर्माण गरेका “कहाँ भेटिएला” र “कोहिनूर” समेत गरी करीब अस्सी वटा जति चलचित्रमा अभिनय गरेका छन् । पछिल्ला दिनहरुमा होटेल व्यवसायमा पाइला पढाएका श्रीकृष्ण श्रेष्ठ चलचित्र अभिनयबाट अलि टाढा रहादै आएका थिए । उनका अन्तिम चलचित्रहरुमा हाम्रो माया जूनी जूनीलाई र मन पराएा माया लाएा प्रमुख हुन् भने यी चलचित्र बाहेक उनले अरु चलचित्रमा अभिनय गरेका थिएनन् ।
चेतन कार्कीको भुमरी र स्व.दीपक रायमाझीको कसम उनका प्रारम्भिक चलचित्रहरु हुन् । नेपाल भाषामा निर्मित “राजमति” मा उनी सह-नायक थिए भने उनले राजेश हमाल, शिव श्रेष्ठ, सरोज खनाल, अर्जुनजंग शाही लगायतका सबैजसो अभिनेताहरुसँग काम गरेका थिए । एकदमै सरल एवं मृदु व्यवहार गर्ने भएकोले उनी सबैका माझ लोकप्रिय थिए ।
उनको जन्म २०२५ साल पुष १४ गतेका दिन भएको थियो । पिता राधाकृष्ण श्रेष्ठ र माता जगत कुमारीका सुपुत्र श्रीकृष्ण श्रेष्ठ २०४३ सालमा एल.एस.एस उत्तीर्ण भई शङ्करदेव क्याम्पसमा स्नातकसम्म अध्ययन गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीका रुपमा कार्यरत श्रीकृष्ण श्रेष्ठ एक कुशल नृत्य कलाकारका रुपमा चिनिन्थे । नेपालमा सार्क सम्मेलन हुादा विश्व हिन्दु महासंघको आयोजनामा प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्चमा मञ्चन गरेको “रामलीला” गीति नाटकमा उनले रामको भुमिका निर्वाह गरेका थिए । जाली रुमाल, चुनौती, प्रकार, नाता, जन्मभूमि, सुख दुःख, ए मेरो हजुर, देवदूत, आफ्नो मान्छे, नाता रगतको, आफ्नो विरानो, सीता, हामी तीन भाई उनका केही महत्वपूर्ण चलचित्रहरु मध्ये पर्छन् भने स्व.निर्देशक शिव रेग्मीका उनी प्रिय नायक मानिन्थे । निर्देशक रेग्मीका चलचित्रहरुमा उनको नाम सँधै अभिषेक राख्ने गरिन्थ्यो भने उनको अन्तिम् चलचित्र “कोहिनूर”मा समेत उनको नाम अभिषेक नै रहेको छ ।
आफूलाई असाध्यै माया गर्ने ठूली दिदी बितेको दिनलाई आˆनो जीवनको कहिल्यै बिर्सन नसकिने दिन बताउने श्रीकृष्ण श्रेष्ठले पाँच वर्ष अघिमात्रै आफ्नो बुबा गुमाएका थिए । बुबा बिरामी छँदा आफ्नै हातले खाना खुवाएका श्रीकृष्ण श्रेष्ठ बुबा बित्दा ठूलो विरहमा परेका थिए । यसरी विरह सहनै नसक्ने कारणले नै श्रीकृष्ण श्रेष्ठ आफ्ना प्रिय निर्देशक शिव रेग्मी निधन हुँदा अन्तिम दर्शनकालागि गएका थिएनन् । यस्तो कोमल हृदयका श्रीकृष्ण श्रेष्ठले आज सबैलाई विरहमा पारेर संसारबाट विदा लिए ।
आजभन्दा करीब पन्ध्र वर्ष अगाडि उनी गम्भीर रुपमा बिरामी परेका थिए । “चुनौती” चलचित्रको शुटिङ्ग क्रममा द्वन्द्व दृश्यको छायाङ्कन गर्दैगर्दा खलपात्र बिजु रन्जीत(स्वर्गीय)ले प्रहार गरेको किकले ढलेका श्रीकृष्ण श्रेष्ठको त्यतिबेलादेखि नै स्वास्थ्य कमजोर हुँदै गएको थियो । आफ्नो स्वास्थ्य स्थीति ठीक नभए पनि निर्माताहरुलाई आफ्नो कारणले अप्ठेरो नपरोस् भनेर उनले लगातार शुटिङ्गमा भाग लिइरहे तर त्यही चोट बल्झेर पछि क्यान्सरको रुप लिँदा उनी नराम्ररी थला परेका थिए ।
निर्देशक दीपक श्रेष्ठको “जीवनसाथी” चलचित्रमा काम गर्दा गर्दै उनी सिकिस्त बिरामी भएपछि उनले त्यो चलचित्र छोड्नु परेको थियो भने उनको ठाउँमा नबीन श्रेष्ठलाई नायक बनाउनु परेको थियो । उनको पेटको देब्रेतिरको भागमा क्यान्सर देखिएपछि उनलाई तत्काल भारत लगिएको थियो र त्यहाँ सघन उपचार पछि उनको स्वास्थ्य स्थीति सुधिँदै गएको थियो । आफ्नो स्वास्थ्य स्थीतिसँग सम्बन्धित पुराना कुराहरु सम्झिँदै एकपटक श्रीकृष्ण श्रेष्ठले भनेका थिए, “चौध वर्ष अघि सेप्टेम्बर ९ को त्यो दिन । अत्याधिक पीडाले छट्पटिरहँदा सायद मेरो अन्तरात्माले अड्कल काटिसकेछ कि अब म साँच्चै मर्छु क्यारे । पलपल छोटिँदै गएझैँ लाग्ने जिन्दगीको माया झन झन बढ्दै थियो ।” (सौर्य दैनिक, २०६९ मंसीर ११)
त्यतिबेला आफ्नो मृत्युको अड्कल काट्दै उनले आफ्ना दाजु रामकृष्णलाई भनेका थिए कि आफ्नो निधन पछि लास कसैलाई नदेखाउनु लाश नदेखेसम्म सँधै सबैको नजरमा बाँची रहनेछु जस्तो अनुभूति भएको थियो श्रीकृष्ण श्रेष्ठलाई । वास्तवमा भन्ने हो भने श्रीकृष्ण श्रेष्ठ जस्ता सहृदयी मृदुभाषी अनि लोकपि्रय अभिनेता सदैव सबैको मनमा बाँची नै रहनेछ । नेपालको चलचित्र आकाशमा एक ज्वाजल्यमान तारा भई उदाइ नै रहनेछ । उनी प्रति हाम्रो यही शब्द श्रद्धाञ्जली ।