सिड्नीमा ‘सेफ ल्याण्डिङ’ प्रिमियर



safe-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अष्ट्रेलियाको सिड्नी शहरमा नेपाली चलचित्र ‘सेफ ल्याण्डिङ’ प्रिमियर गरिएको छ । हर्सभिल सिभिक थिएटरमा भएको प्रिमियर शोमा सहभागि हुन अभिनेत्री झरना बज्राचार्यसहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवाल पुगेका थिए ।

दर्शकको उल्लेख्य सहभागीता रहेको प्रिमियर समारोह बिगतको भन्दा राम्रो भएको उपस्थित दर्शकहरूले बताए । प्रिमियर भन्ने बित्तिकै सामान्यतया फिल्म मात्र देखाईन्छ । तर, फिल्म निर्माण कम्पनी नो वोरिजले भने फिल्म देखाउनु पूर्व दर्शकलाई साँगीतिक माहोलमा झुमाएको थियो । अष्ट्रेलियामा नै बस्दै आएको डिजे रेनसहितको ‘सिड.ब्लू.आई.’ नामक र्‍यापर टिमले प्रिमियरलाई संगीतमय बनाएको थियो ।

safe-2

फिल्म हेर्न आएका दर्शकले `सेफ ल्याण्डिङ` बनिरहेका फिल्म भन्दा फरक स्वादको रहेको प्रतिकृया दिए । अधिकांशले फिल्मको प्रस्तुती, कलाकारको अभिनयलाई रूचाएको पाइयो । अभिनेत्री बज्राचार्यले पनि अष्ट्रेलियामा दर्शकसँग बसेर फिल्म हेर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘दर्शकसँग बसेर फिल्म हेर्न पाउँदा जती खुसी थिएँ त्योभन्दा बढी खुसी उहाँहरूले दिएको प्रतिकृयाले भएँ । सबैले मेरो अभिनय मात्र हैन फिल्मलाई नै मन पराईदिनु भयो’ ।

फिल्मका निर्माता बसन्त भण्डारीले कलाकारलाई स्वागत गरेर फिल्म देखाउन पाउँदा जती खुसी व्यक्त गरे त्यतिनै खुसी दर्शकको उपस्थिती देखेर भए । हललाई हाउसफूल बनाएका दर्शकलाई साथ दिएकोमा धन्यवाद दिंदै प्रिमियरलाई सफल पार्न सहयोग पुर्याउने सहयोगी हातहरूप्रती कृतज्ञता व्यक्त गरे । यस्तै निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालले मेहनतको फल सबैसँग बाँड्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu